सम्झाना खत्री परियारको हत्याका अभियुक्त उनकै प्रेमी

 न्यूज विराट
सम्झाना खत्री परियारको हत्याका अभियुक्त उनकै प्रेमी

विराटनगर, माघ २६–विराटनगर १२ स्थित उखुबारीमा माघ २४ गते मृत भेटिएकी सम्झना खत्री परियारको अवैध प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ । सम्बन्धमा तिक्तता आएपछि सप्तरी घर भएका २५ बर्षिय सुरेन्द्र साहले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भनिन्छ पाप धुरीबाट कराउँछ । दुहबीमा बस्दै आएर विराटनगरमा हत्या गरिएकी सम्झना खत्री परियार हत्या प्रकरणमा यस्तै भएको छ । उक्त प्रकरणमा मृतकसँग अवैध सम्बन्ध रहेका प्रेमी सुरेन्द्र साहले आफुले सम्झनाको हत्या गरेको स्वीकार गरेका छन् ।

सप्तरीको कृष्णश्रवण गाँउपालिका ३ मा स्थायी घर भएर बुढीगंगा गाँउपालिका ३ मा डेरा गरि बस्दै आएका २५ बर्षिय अभियुक्त सुरेन्द्र प्रसाद साहले आफुले सम्झनाको हत्या गरेको स्थान,उनलाई लिएर आएको बाटो र हत्यामा प्रयोग गरेको हतियारका बिषयमा समेत प्रहरीलाई सबिस्तार बताएका छन् । अभियुक्त साहले दिएको बयानलाई भेरीफाई गर्न मोरङ प्रहरीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी नेतृत्वको अनुसन्धान टोलीले अभियुक्तलाई हत्या गरेको स्थानमा लिएर पुग्दा अभियुक्तले घटना घटाएको बिषयमा सविस्तार बताएका थिए । अभियुक्त साहले सम्झनासँ ग ३ बर्ष अघिदेखीनै आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् ।

एउटै उद्योगमा काम गर्ने क्रममा आफुहरुबीच चिनजान भएको र त्यो सम्बन्ध प्रेम सम्बन्धमा बदलिएको प्रहरी सामु बताएका छन् । प्रेम सम्बन्धमा तिक्तता आएपछि अभियुक्तले सम्झनाको हत्या गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए । हत्या गरिएको दिन माघ २१ गते आफुलेनै सम्झनालाई बाँसबारीचोकबाट नहरको बाटो मोटरसाईकलमा लिएर आएको र घटनास्थलमा आईपुग्दा बादविवाद र झगडा भएको आवेशमा सलले घाँटी कसेर बाँसको धारिलो चोयाले रेटेर हत्या गरेको बताएका छन् । घटना घटाएपछि रिङरोडकै बाटो हुँदै उत्तरतर्फ लागेका साह हत्यामा प्रयोग गरिएको बाँसको चोया विराटनगर ६ ब्रम्हपुरास्थित केशलिया पुलमाथिबाट खोलामा फालेका थिए ।

लगत्तै खोलामा झरेर अभियुक्त साहले हातमा लागेको मृतकको रगत पखालेर फेरी बुढीगंगास्थित डेरातर्फ फर्किएका थिए । हत्यामा संलग्न अभियुक्त साहलाई प्रहरीले सम्झनाको शव भेटिएकैदिन २४ गते साँझ नियन्त्रणमा लिएको थियो । मृतकका श्रीमानले श्रीमति हराएको निवेदन दिन जाँदा शंकास्पद व्यक्तीकोरुपमा साहको नाम टिपाएका थिए ।

सम्बन्धित समाचार

हिरासतको पुस्तालयमा स्टेशनरी व्यवसायीद्धार पुस्तक वितरण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको पुस्तकालयलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङको १ नम्बर इकाईले पुस्तक हस्तान्तरण गरेको छ । थुनुवालाई पठनपाठनका लागि २ सय २९ थान पुस्तक हस्तान्तरण...

उपचारपछि घर फर्किए ७ लाख १७ हजार कोरोना संक्रमित

काठमाडौं, ११ वैशाख-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ७ लाख १७ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी जर्मनीमा छन् । त्यहाँ १ लाख...

सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

काठमाडौं, ११ मंसिर-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी...

कोरोना रोकथाममा भुटान सफल

एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।...

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १२ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकले मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी...

भैँसेपाटीमा प्रचण्ड र वामदेवबीच १ घण्टा छलफल

काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...

विराटनगर महानगरको सेवा असोज २ गतेसम्म बन्द

विराटनगर, २८ भदौ–विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीमा कोरोना देखिएपछि महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै सोमवारदेखि महानगर बन्द गरिएको हो...

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

विराटनगर, २८ मंसिर–पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्