विराटनगर, माघ २३–नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २७औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । शुक्रबार र शनिबार हुन लागेको महाधिवेशनमा देशभरिबाट ५ सय जना एमआरहरू सहभागी हुने संघका केन्द्रीय सचिव सुनीलकुमार श्रेष्ठले जानकारी दिए । श्रमिक पेशाकर्मीहरुको संगठनको रुपमा रहेको संघले सरकारले तोकेबमोजिमको पारिश्रमिक सबैले पाउनुपर्ने माग संघको रहेको उनले बताए ।
तीन वर्ष कार्यकालका लागि हुन लागेको महाधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरिने सचिव श्रेष्ठले जानकारी दिए । नवनिर्वा्चित समितिले संघभित्र रहेको समस्यालाई समाधान गरी सरकारले तोकेअनुसारको पारिश्रमिक ऐन लागू गराउन सरकारसँग पहल गर्ने बताइएको छ । अहिलेसम्म संघले नेपाल भरी १३ वटा एकाई स्थापना गरी ५ हजार ५ सय सदस्य बनाइसकेको उनले जानकारी दिए । उनका अनअुसार नेपालका ३ देखि ४ सय एमआरहरु भारतीय कम्पनीमा आवद्ध भएर काम गरिरहेका छन् ।