कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त - News Birat

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

न्यूज विराट

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् ।

सभापति शेरबहादुर देउवाले सोमबार बिहान डा. महतलाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका हुन् ।

१४औँ महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीमा लडेका महत पराजित भएका थिए । पछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles