शहीद स्मारक पुगे प्रधानमन्त्री

 न्यूज विराट
शहीद स्मारक पुगे प्रधानमन्त्री

काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी शहीदको आत्मबलिदान मार्फत सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण पनि गरे । शहीदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित शहीद स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कोरोना आशंकित महिलाकोे धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं, ३ जेठ-कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  । टिचिङ अस्पतालबाट रिफर गरी उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ । धुलिखेल अस्पतालले मृत्युबारे...

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...

मेयर नै आन्दोलनमा

जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै...

होम आइसोेसनमा संक्रमितको मृत्यु

विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...

कोरोना संक्रमित ७ वर्षीय बालकका आफन्तको स्वाब परीक्षण हुँदै

हेटौंडा, ४ जेठ-मकवानपुरको थाहा नगरपालिका घर भएका ७ वर्षीय कोरोना संक्रमित बालकको सम्पर्कमा आएका आफन्तलाई परीक्षण गर्न हेटौंडा ल्याइएको छ । थाहा नगरपालिकाल संक्रमित बालकको घर र मामाघरका गरी ११ जनाको स्वाब संकलन गरी पीसीआर...

मोरङको धनपालथानबाट १ हजार ५ सय केजी गाँजा बरामद

विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...

प्रधानमन्त्री ओलीको जनसभामा आउने जनता रोक्न नेकपा प्रचण्ड समुहले नेपाल बन्द गरेको खुलासा

काठमाडौं, माघ २१-प्रधानमन्त्री केपी शर्मा ओली पक्षको जनसभामा देशभरी देखिएको शक्तिबाट अत्तालिएको प्रचण्ड–नेपाल समुहले जनताको उपस्थिति रोक्न नेपाल बन्दको आव्हान गरेको छ । ओलीको आमसभामा बाक्लो उपस्थिति हुने पूर्वानुमान पाएको सो समुहले बन्दको आव्हान गरेको...

कांग्रेस नेता घिमिरेको ठहरः सभापति देउवाले ठूलो राजनीतिक भुल गरे

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्