त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

 न्यूज विराट
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौं, पुस २९–त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी १४ फागुनमा हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आंगिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए । त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले आगामी १४ फागुनमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । क्याम्पसले नै निर्वाचनका लागि निर्वाचन कमिटी बनाउने गर्दछ ।

उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । त्रिविका ६२ आंगिक र सम्बन्धन प्राप्त करिब १ हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । प्रत्येक दुईरदुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ यता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन।

विद्यार्थी संगठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा भएको स्ववियु निर्वाचन २ सय ५० मात्र क्याम्पसमा भएको थियो । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी, अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । रासस

सम्बन्धित समाचार

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी...

युवा संघद्धारा विराटनगरमा राके जुलुस

विराटनर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा विराटनगरमा राके जुलुश निकालेको छ । एमालेका भातृ संगठन युवा संघ नेपाल मोरङले विरोध स्वरुप विराटनगरमा राँके जुलुश निकालेको हो । पार्टी अध्यक्ष...

सत्ता गठबन्धनमा कुनै खटपट छैन : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धनमा कुनै खटपट नरहेको स्पष्ट पारेका छन् । आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो गठबन्धन सहमतिको आधारमा बनेको भन्दै पाँच वर्षको पूर्ण कार्यकाल सफलतापूर्वक पूरा...

मोरङमा भदौ २२ गतेसम्म निषेधज्ञा

विराटनगर, १६ भदौ-जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो प्राबधानसहित एक साता लम्ब्याउने निर्णय गरेको छ । यसअघि दुई पटक थप भएको थियो । आज फेरी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने...

संकटका बेला एकजुट हुने असल परम्परालाई हामीले कायम राख्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाको स्मरण गर्दै हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना गरेकी छिन् । ‘१२ वैशाख २०७२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प र...

रमपम विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार दुवै टिमको दाबी

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा...

कैलालीमा लकडाउन थप कडाइ, अर्को जिल्ला जान नपाइने

धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको...

मोरङमा यात्रु सहायता कक्ष १० ठाउँमा संचालन

विराटनगर । मोरङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सायहता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी विराटनगरमा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याइएको छ । विराटनगर महानगरपालिका–११ बसपार्कमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्