श्रममन्त्री यादवद्धारा ३ महिने कार्ययोजना सार्बजनिक

 न्यूज विराट
श्रममन्त्री यादवद्धारा ३ महिने कार्ययोजना सार्बजनिक

काठमाडौं, पुुस २२–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान गर्ने बताएका छन् । उनले न्युनतम १०० दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहबाट रोजगार आयोजना सञ्चालन गर्ने बताए । वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतीय अभिलेखांकन गर्ने, विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउन मन्त्रालयको कार्ययोजना छ ।

त्यस्तै बिमा र कल्याणकारी कोषवापतको रकम अनलाइन प्रणालीमार्फत बुझाउने व्यवस्था गर्ने, दुई वर्ष पुराना सबै संस्थागत उजुरीहरुको छानबिन प्रक्रिया सम्पन्न गर्ने पनि कार्ययोजनामा उल्लेख छ । मन्त्रालयले थप १० हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निशुल्क तालिम प्रदान गर्ने, वैदेशिक रोजगारबाट फर्केका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याउने योजना बनाएको छ । त्यस्तै मन्त्रालयले आगामि तीन महिनामा १५ हजार रोजगार दाता र थप एक लाख योगदानकर्तालाइृ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउने जनाएको छ ।

सम्बन्धित समाचार

माओवादीले टुंग्यायो अनुशासन, निर्वाचन र लेखा आयोगको नेतृत्व

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्रले पार्टीका तीन आयोगको नेतृत्व टुंग्याएको छ । माओवादीले पार्टीको अनुशासन, लेखा र निर्वाचन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको हो । जसअनुसार लेखा आयोगको अध्यक्षमा...

दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्ष यताकै खराब : विश्‍व बैंक

काठमाडौं, १० वैशाख-विश्‍व बैंककले दक्षिण एसियाको आर्थिक वृद्धिदर विगत ४० वर्ष यताकै खराब स्थितिमा पुगेको बताएको छ । नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा यस्तो बताएका हुन् ।...

तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, २६ जेठ-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सोमबार तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी...

समाचार डिलिट प्रकरणः सिरान टेक्नोलोजिजले माफी माग्यो

अनलाइन न्यूज पोर्टलमा प्रकाशित भएको समाचार हटेको प्रकरणमा ‘काठमाडौं प्रेस डटकम’को साइट निर्माण कम्पनी सिरान टेक्नोलोजिज प्रा.लि.ले माफी मागेको छ । ‘११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्यूजपोर्टलहरूको सीएमएस निर्माणदेखि...

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण...

सञ्चय कोषले सञ्चयकर्ताको भरोसा जित्नुपर्नेमा जोड

विराटनगर । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको भरोसा जित्दै अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा कोषलाई स्थापित गर्नेतर्फ अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा सोमबार भएको कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव समारोहमा सहभागिहरुले यस्तो बताएका हुन् ।...

संसदमा जसपा विभाजित : महन्थ प्रतिपक्षमा, उपेन्द्र सत्तापक्षको सिटमा

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ । निर्वाचन...

स्याङ्जाका १ जनाको भारतीय क्वारेन्टाइनमा

बुटवल, १० जेठ-भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका १ नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्