हिन्दु राष्ट्र र राजसंस्था मान्नेसँग मात्र एकता गर्ने राप्रपा निर्णय

 न्यूज विराट
हिन्दु राष्ट्र र राजसंस्था मान्नेसँग मात्र एकता गर्ने राप्रपा निर्णय

काठमाडौं, पुस १३–कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रप्रति प्रतिवद्धता जनाएर पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । राप्रपाको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको बैठकले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनमा बलियो संगठन नभएका कारण हार व्यहोरेको निष्कर्षसमेत निकालेको छ । बैठकले २७ पुसको राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनसमेत माग गरेको छ ।

राप्रपाले यस विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने र संसदमा पनि आवाज उठाउने भएको छ । राप्रपाले सो दिन केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भव्य रूपमा पृथ्वी जयन्ती मनाउने निर्णय गरेको छ । राप्रपाले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सहायता सम्झौता प्रस्ताव तत्काल संसदबाट पारित गर्न माग पनि गरेको छ । नेपालले लाभ लिन सक्ने सम्झौता भन्दै यसलाई पारित गर्न ढिलाइ गरिनु आश्चर्यजनक भन्दै राप्रपाले चालू संसद अधिवेशनमै एमसीसी अनुमोदन गर्न माग गरेको छ ।

सम्बन्धित समाचार

३ हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ

इलाममा लोपोन्मुख  पाटेबाघ  यहाँ फेला परेको छ ।  इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको  पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।...

जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको...

नेपालमा थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ का अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।विराटनगरमा शुक्रबार राती सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष रहेका थिए ।समितिको उपाध्यक्ष...

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेडल जित्छन् : सदस्य सचिब वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दै

काठमाडौं, २२ फागुन । नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकले पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्क्यौल गर्नेछ । बैठकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्