प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु भेटियो

 न्यूज विराट
प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु भेटियो

जनकपुरधाम, पुस ७–जनकपुरको शुक्रबारे बजार नजिकै फेरि आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु कति बेला फेला परेको कुरा खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन् । घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय पनि नजिकै पर्छ । शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत ठप्प पारेको छ । फेला परेको शंकास्पद बस्तु बम रहेको आशंका छ । तर बम नै हो भन्ने पुष्टि हुन सकेका छैन ।

सो शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनालाई प्रहरीले खबर गरिसकेको छ । सेनाको डिस्पोजल टोली पुगेपछि बम हो वा होइन यकिन गर्ने प्रहरीले जनाएको छ । यसअघि जनकपुरको संकटमोचन मन्दिर नजिकै दुई ठाउँमा र धनुषाधामको एक सामुदायिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको थियो । तर ति वस्तुहरु बम भएको पुष्टि भएन ।

सम्बन्धित समाचार

मलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता दिन्नँ :इमरान खान

एजेन्सी, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो...

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन्

विराटनगर, माघ ८–भारत सरकारको सहयोगमा विराटनगर–१८ मा निर्माण गरिएको एकिकृत जाँच चौकी (आइसिपी) आजबाट संचालनमा आएको छ । आइसिपी संचालनमा आएपछि आयातनिर्यातमा सहजता हुने अपेक्षा गरिएको छ । बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र...

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, ६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ । आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष...

इतिहासमै पहिलो पटक सरकार बेखर्ची

काठमाडौं, भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ ।...

नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...

आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन ः निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्