औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना विजयी , तिम्सिना समूहको वर्चश्व

 न्यूज विराट
औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना विजयी , तिम्सिना समूहको वर्चश्व

विराटनगर ,२२ मंसिर,

नेपाल औषधी व्यवसायी संघ मोरङको प्रथम जिल्ला अधिवेशनले लक्ष्मीप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
मंसिर २० गते विराटनगर स्थित विरेन्द्र सभागृहमा भएको संघको प्रथम जिल्ला अधिवेशन सँगै भएको निर्वाचनमा अध्यक्षका प्रत्यासि तिम्सिनाले प्रतिष्पर्धि निवर्तमान संघका कोशी शाखाका महासचिव हरिमोहन श्रेष्ठलाई २८ मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले मंसिर २१ गते विहान २ वजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार तिम्सिनाले १ सय ८६ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १ सय ५८ मत प्राप्त गरेका छन् ।
२०५३ सालदेखि औषधी व्यवसायमा आवद्ध रहेका अध्यक्षमा विजयी तिम्सिना सँग महासंघको केन्द्रीय सदस्य र महासंघको खुद्रा उप समितिको संयोजक भएको अनुभव रहेको छ ।

मोरङका कुल ५ सय २१ जना औषधी व्यवसायीहरु मतदाता रहेका थिए । जसमध्ये निर्वाचनमा ४ सय ६२ मत खसेको निर्वाचन समितिका संयोजक श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष पदमा तिम्सिना र श्रेष्ठ सँगै स्वतन्त्र उम्मेद्वार दिएका यतिश श्रीवास्तवले ८६ मत प्राप्त गरेका छन् । ९ पदकालागि भएको निर्वाचनमा तिम्सिना र श्रेष्ठले आ–आफ्नो समूह बनाएर उम्मेद्वारी दिएका थिए ।

त्यस्तै निर्वाचनमा तिम्सिना समुहबाट उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष र दुई वटा सदस्य पदमा विजयी भएका छन् भने श्रेष्ठ समूहबाट कोषाध्यक्ष र एक जना सदस्य पदमा विजयी भएका छन् ।

निर्वाचनमा तिम्सिना समूहबाट उपाध्यक्षमा नेपाल औषधी संचालक संघ, केन्द्रिय तदर्थ समितिका संयोजक देशबन्धु ढकाल अत्यधिक मत ल्याएर विजयी भएका छन् । उनि म्यान अफ द इलेक्सन समेत बन्न पुगेका छन् । विजयी भएकाहरु मध्ये सर्वाधिक वढी मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित ढकालले २ सय ९९ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धि सुदिनध्वज श्रेष्ठले १ सय ३५ मतमात्र प्राप्त गरेका छन् । ढकालले श्रेष्ठलाई १ सय ६४ मतान्तरले पराजीत गरेका छन् ।

उपाध्यक्षमा विजयी भएका ढकाल देशका विभिन्न स्थानमा अर्काको व्यवसायीक प्रमाणपत्र भाडामा लिएर औषधी पसल संचालन गर्दै आएकाहरुलाई लगानीको सुरक्षाको ग्यारेण्टि गराई मालिक बनाउने व्यक्तिको रुपमा चिनिन्छन् । ढकाल औषधी व्यवसायलाई मर्यादित, स्वस्थ्य प्रतिष्पर्धात्मक र लगानि सुरक्षित बनाउने अभियानका अभियन्ताका रुपमापनि चिनिन्छन् ।

त्यस्तै महासचिव पदमा तिम्सिना समूहका गोल्डेन हस्पिटलका संचालक दीनेश ठाकुरले श्रेष्ठ समूहका जीतेन्द्र (जीतु) रजकलाई २० मतले पराजीत गर्दै विजय हासिल गरेका छन् । ठाकुरले २ सय २१ मत प्राप्त गरेका छन् भने रजकले २ सय १ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिव पदमा तिम्सिना समुहका हरिराज रेग्मीले श्रेष्ठ समूहका देवीप्रसाद दुलाललाई १२ मतले पराजीत गर्दै विजय भएका छन् । रेग्मीले २ सय २० मत प्राप्त गरेका छन् भने दुलालले २ सय ८ मत प्राप्त गरेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा श्रेष्ठ समूहका विजयकुमार राजवंशीले तिम्सिना समूहका सुदप निरौलालाई ३७ मतले पराजीत गर्दै विजय भएका छन् । राजवंशीले २ सय ३६ मत प्राप्त गरेका छन् भने निरौलाले १ सय ९९ मत प्राप्त गरेका छन् । त्यस्तै सह–कोषाध्यक्षमा तिम्सिना समूहका पुष्पराज पोखरेलले श्रेष्ठ समूहका राजकुमार यादवलाई १० मतले पराजीत गर्दै विजयी भएका छन् । पोखरेलले २ सय २१ मत प्राप्त गरेका छन् भने यादवले २ सय ११ मत प्राप्त गरेका छन् ।

त्यसैगरी तीन जना सदस्यकालागि भएको निर्वाचनमा तिम्सिना समूहका अनिलकुमार चौधरीले २ सय ५७ मत, प्रकाश धिमालले १ सय ८५ मत र श्रेष्ठ समूहकी सरिता चौधरीले २ सय ४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
यस अघिसम्म कोशी अंञ्चल स्तरिय समितिकोलागि चुनाव हुँदै आएकोमा यस वर्षदेखि जिल्ला स्तरिय चुनाव भएकोलेपनि सबै औषधी व्यवसायीहरुलाई नौलो अभ्यास भएको थियो ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष तिम्सिनाले औषधी व्यवसाय क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्न , सबैलाई मिलाएर औषधी व्यवसायको गरिमा बढाउन आफुले अग्रज व्यवसायी तथा पूर्व अध्यक्षहरुसँग सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले सबै मतदानमा सहभागी औषधी व्यवसायीहरुलाई धन्यवाद समेत दिएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष ढकालले सबै औषधी व्यवसायीहरुलाई धन्यवाद दिंदै औषधी व्यवसायलाई मर्यादित, स्वस्थ्य प्रतिष्पर्धात्मक र लगानि सुरक्षित बनाउने अभियानमा सबैको साथ लिएर आगाडी बढ्ने बताएका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्