शनिश्चरे । आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे – ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया ७५०८५ र नेपालमा रु ४००० थप गरी जम्मा रु. ७९०८५ ( उनान्सत्तरी हजार पचासी रुपैया ) पीडित ब्यक्तिलाई पठाएको छ ।
यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर जे जति रकम सहयोग गरेका छन, त्यसकोलागि सहयोगि मनहरुलाई समाजका अध्यक्ष सुभाष लोहनीले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
सहयोग संकलन कार्यमा अहोरात्र खटेका ‘चन्द्रकला सहयोग समितिका’ संयोजक डुकु थिमी उर्फ पेमानुरी शेर्पा, सदस्यहरु विमल कार्की, नबिन कटुवाल, नबिन दाहाल प्रति पनि आभार व्यक्त गरेको छ । साथै रकम सहयोगका साथ निशुल्क पठाईदिएकोमा पनि समाजले ईजलिंक रेमिटलाई पनि धन्यवाद दिएको छ ।
घरमा उपचार गराईरहेकी चन्द्रकला ।
घटना यसरी भएको थियो
दीपावलीको झिलिमिली थियो । देउसी भैली खेल्नेहरुले गाउँमा रौनक थपेका थिए । साथीसंगीहरुसँग देउसीमा रमाइरहेकी थिइन् झापाकी चन्द्रकला तिवारी पनि । तर, नसोचेको घटना भयो ।
साथीको घरमा देउसी खेल्न गएको बेला ढोकामा बालेको दियो उनको सारीमा सल्कियो । २२ वर्षीया चन्द्रकलालाई आगोले क्षणभरमै लपेट्यो । देउसीको रमाइलो एक्कासी रुवावासीमा बदलियो । उनलाई हतार–हतार अस्पताल पु¥याइयो ।
चन्द्रकला बाँच्न त बाँचिन् तर आर्थिक अभावका कारण उनको घाउको अझै राम्रो उपचार हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रकी बासिन्दा हुन् उनी ।
प्रधानमन्त्री ओलीको सचिवालय सदस्यसम्म कुरा पु¥याए गाउँलेले । सकारात्मक आश्वासन पाएका छन् । तर, औषधि उपचार गर्न आश्वासन नभइ नगद चाहिन्छ, जसको अभावले समस्यामा रुमल्लिइरहेको छ चन्द्रकलाको परिवार ।
चन्द्रकलाको ढाडदेखि कुर्कुच्चासम्म जलेको छ । आगोमा जल्नेबित्तिकै सुरुमा घर नजिकैको लाइफलाइन अस्पताल लगियो । त्यहाँ प्राथमिक उपचारपछि लाइफलाइनले बिर्तामोडस्थित बीएन्डसी अस्पताल रिफर ग¥यो । त्यहाँ तीन दिन राखेर उपचार गरियो ।
तर निजी अस्पतालमा उपचार महंगो हुने भएपछि उनीहरु सरकारी अस्पताल खोज्न थाले । आफन्तहरुले काठमाडौंको कीर्तिपुर अस्पतालमा लैजान सुझाव दिए । आफ्नो साढे दुई वर्षको छोरोलाई घरमै छाडेर भूपेन्द्र श्रीमतीलाई लिएर कीर्तिपुर पुगे ।
कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी वार्डको १३ नम्बर बेडमा छिन् चन्द्रकला । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको शरिरको २५ प्रतिशत भाग जलेको छ । चन्द्रकलाको स्वास्थ्य सुधारको ग्राफभन्दा उपचार खर्चको ग्राफ बढी हुँदा भूपेन्द्र चिन्तित छन् । ‘सुरुदेखि अहिलेसम्म चार–पाँच लाख खर्च भइसक्यो । अझै त्यति नै खर्च होलाजस्तो छ,’ चिन्तित हुँदै भूपेन्द्रले भने, ‘अस्ति एउटा अपरेशन गर्दा औषधिको मात्रै ५० हजार रुपैयाँ लाग्यो ।’
चन्द्रकलालाई नाकबाट पाइप घुसाएर झोलिलो खानेकुरा मात्र खान दिइएको छ । तर, पोषणयुक्त खाना नपुग्दा स्वास्थ्यमा छिटो सुधार भइरहेको छैन । शरिर सुन्निएको छ । घाउको इन्फेक्सन रोकिएको छैन । शरिरको एकातिरको छाला निकालेर जलेको भागमा प्रत्यारोपण गर्न खोज्दा पनि सफल हुन सकिरहेका छैनन् चिकित्सक । तर, चिकित्सकहरुले अथक प्रयास जारी राखेका छन् ।
‘दैनिक १२–१५ हजारले पनि नपुग्ने स्थिति छ । आफूसँग भएको पैसा सकियो, आफन्तहरुले पनि सक्ने सहयोग गरिसके अब उपाय छैन,’ उपचारमा सहयोग गर्दै आएका आफन्त धनपति तिवारीले भने, ‘डाक्टरले डाइट पुगेन भन्छन् । औषधि किन्ने पैसा छैन, माछामासु कसरी खुवाउनु ?’
खर्च बढ्दै गएपछि श्रीमतीको थप उपचार गर्न नसक्ने निष्कर्षमा पुगे भूपेन्द्र । यो खबर अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङसम्म पुग्यो ।
‘यस्तो अवस्थाबारे मैले ढिला मात्र थाहा पाएँ । अस्पताल पुग्दा त डिस्चार्जको अन्तिम तयारी भइसकेको रहेछ,’ रञ्जितले भने, ‘उहाँहरु अब उपचार गर्न सकिँदैन भन्नेमा पुगिसक्नु भएको रहेछ, तर मैले उहाँहरुलाई रोकें र सहयोगको पहल गरिरहेको छु । सहयोग जुट्ने आशा छ ।’
डिस्चार्ज रोकेर डाक्टरहरुले चन्द्रकलाको उपचार जारी राखेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष तामाङ, काका धनपति तिवारीलगायतले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीसमक्ष कुरा पु¥याए । भण्डारीले पनि सहयोगको सकारात्मक जवाफ दिएका छन् । भूपेन्द्रकी आफन्त भिमा घिमिरेले भनिन्, ‘ईन्द्र सरले निवेदन दिनुस्, सहयोग गर्छु भन्नु भएको छ ।’
रञ्जितका अनुसार अहिले सहयोगीहरुबाट रकम संकलन गर्दै चन्द्रकलाको उपचार जारी राखिएको छ । रकम संकलनको लागि चन्द्रकलाका श्रीमान् भूपेन्द्र प्रसाद तिवारीको नाममा कीर्तिपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । भूपेन्द्रको खाता नम्बर ११७००२९०५५१० हो ।
सहयोगी हात जुट्नेमा आशावादी त देखिन्छन् भूपेन्द्र, तर जीवनसंगीनीको अवस्था देख्दा भने मन कुँडिन्छ । पाँच वर्ष अगाडि चन्द्रकला र भूपेन्द्रको फेसबुकमा चिनजान भएर मायाप्रेम बसेको थियो । त्यही मायाप्रेमलाई बिहेमा बदलेका थिए उनीहरुले । सानै उमेरमा बिहे भएपछि पारिवारिक जिम्मेवारीले थिच्दै गयो । घरको आर्थिक अवस्था राम्रो नभएकाले झापाको गुहावारी छाडेर विदेश हानिए भूपेन्द्र ।
विदेशमा कमाएको रकम अहिले श्रीमतीको उपचार गर्दागर्दै सकियो । सापटी लिएर पनि कति दिनसम्म चल्थ्यो र । चन्द्रकलाको माइती पक्षको आर्थिक अवस्था पनि कमजोर छ । चन्द्रकलाकी आमा तुलसा प्यारालाइसिसले ओछ्यान परेको एक दशकभन्दा बढी भइसकेको छ ।
आगोले जल्नुभन्दा अघि चन्द्रकला ।
पारिवारिक अवस्था कमजोर भएको जानकारी पाएपछि कीर्तिपुर अस्पतालले सामाजिक सेवा युनिटमार्फत चन्द्रकलाको औषधि उपचारमा सहुलियत दिँदै आएको छ । काका धनपतिले भने, ‘१५–२० प्रतिशत छुट त पाइन्छ, तर उपचार नै महंगो हुने भएपछि थेग्न गाह्रो भइरहेको छ ।’
आर्थिक रुपमा बिपन्न परिवार भएकोले गर्दा राम्रो उपचार गर्न नसकीएको उनका पति भूपेन्द्र तिवारी बताउछन् । ‘अहिले सम्म घरमा भएको र आफन्तको सहयोगमा १० लाख भन्दा माथि खर्च गरिसक्यौं, बिरामीको घाउ उस्तै छ’– तिवारीले भने । अस्पतालमा राखेर उपचार गरे ठिक हुने डाक्टरले बताए पनि आर्थिक अभावले गर्दा घरमै राखेर बिरामीलाइ हेरविचार गरिरएको तिवारी बताउँछन् । उनि अहिले अर्थिक अभावको कारणले घरमै जलेको घाउको पिडामा छटपटाइरहेकी छिन् ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका पदाधिकारीहरु संकलित रकम ईजलिंक रेमिट मार्फत् नेपाल पठाउने तयारीमा ।
चन्द्रकलालाई पूर्वी विकास सहकार्य जापानको सहयोग
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भए यता समाजले खोजी प्रतिभा लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित, भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन, त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ ।
अभियानमा साथ दिएका व्यक्तित्वहरुको नामावली ः
१) नबिन कटुवाल धनकुटा ५०००
२) महेश कटवाल खोटाङ ५०००
३) सुभाष प्रसाद लोहनी मोरङ २०००
४) संगिता मास्की मगर संखुवासभा २०००
५) पेमानुरी शेर्पा संखुवासभा २०००
६) पुजा कार्की ओखलढुङा २०००
७) ध्रुव थापा संखुवासभा २०००
८) नबिन दाहाल सखुवासभा २०००
९) रविन्द्र प्रजापती भक्तपुर १०००
१०) सन्जोक नेपाल झापा १०००
११) शोभा थापा सुनसरी १०००
१२) सागर राना मगर उदयपुर १०००
१३) विनोद कार्की झापा १०००
१४) प्रतिक्षा पुरी काठमाण्डौ १०००
१५) दिपक कुमार खड्का म्याग्दी १०००
१६) मदन चापागाइ पाँचथर १०००
१७) सबिन बम्जन चितवन १०००
१८) भुपाल ढुङ्गेल झापा १०००
१९) सितामाया तामाङ रामेछाप १०००
२०) स्वभाव कटुवाल भक्तपुर १०००
२१) तुलसी मिश्र झापा १०००
२२) फुर्लाक्पा शेर्पा सोलुखुम्बु ३०००
२३) सबिन पोख्रेल मोरङ १०००
२४) सुरेश पोख्रेल झापा १०००
२५) ज्याक खड्का खोटाङ २०००
२६) दिलिप श्रेष्ठ तनहुँ १०००
२७) निरन्जन गौतम काभ्रे १०००
२८) शिशिर चन्द्र बहादुर कडायत बझाङ १०००
२९) सुरेश भुजेल कास्की १०००
३०) लोकेन्द्र जङ्ग कुवँर अछाम १०००
३१) राजु बस्नेत झापा २०००
३२) नरेन्द्र बस्नेत उदयपुर १५००
३३) कुमार कार्की मोरङ ५१००
३४) सरोज कार्की सुनसरी ३०००
३५) ध्रुवदेव राइ खोटाङ २०००
३६) अनिता गुरुङ सोलुखुम्बु २०००
३७) कृष्णहरि अर्याल कालिका इन्टरनेशनल ५०००
३८) शिव पौडेल ईजी लिंक ५०००
३९) कुमार वन रु. २०००
४०) राजश्री खालिङ रु. २०००
कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...
डडेल्धुरा, १२ असार-आत्महत्या गर्ने धम्की दिँदै क्वारेन्टाइबाट घर गएकी कञ्चनपुरकी १ महिलासहित ६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माबिको क्वारेन्टाइनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा...
विराटनगर, जेठ १–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको...
आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए...
काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता...
काठमाडौं, कात्तिक १ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही...
काठमाडौं, २८ भदौ-कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत...
विराटनगर, २८ जेठ । प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको पाचौँ बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । बिहिबार सरकारका तर्फबाट प्रदेश प्रमुख...