सुम्निमा स्कुलको तेस्रो ग्राजुएसन सेरेमनी

 न्यूज विराट
सुम्निमा स्कुलको तेस्रो ग्राजुएसन सेरेमनी

विराटनगर । विराटनगर महानगरपालिका – ११ पिचछारामा अवस्थित सुम्निमा बोर्डिङ स्कुलले तेस्रो ग्राजुएसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरेर प्रि प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गर्ने ३१ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको हो ।
कार्यक्रमको मुख्य अतिथिको रूपमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरौला कार्कीले उद्घाटन गरिन् । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताइन् । ‘शिक्षाले मात्र व्यक्तित्व निर्माण गर्दैन, नैतिक मूल्य मान्यताले पनि चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भनिन् ।


विद्यालयकी प्रिन्सिपल सितला सुब्बाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय राखेको जानकारी दिइन् । उनले व्यावहारिक शिक्षालाई प्राथमिकता दिएर विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिएको बताइन् । ‘हामी केवल पुस्तकीय ज्ञान मात्र नभएर जीवनोपयोगी सीप विकासमा केन्द्रित छौं,’ उनले भनिन् ।


भाइस प्रिन्सिपल जयन्ती प्रधानले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताइन् । उनले शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगले यस्तो सफलता हासिल गर्न सकिएको उल्लेख गरिन् ।
कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीन कुमार नवदित, अभिभावक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङका अध्यक्ष अनिल श्रेष्ठ र अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले सम्बोधन गरे । उनीहरूले दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै व्यावहारिक शिक्षाको महत्वलाई जोड दिए ।
कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम रह्यो । उनीहरूले सांस्कृतिक नृत्य, फ्यासन शो र गीत प्रस्तुत गरी उपस्थित अतिथि, अभिभावक र दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे । साथै विद्यार्थीहरूले बनाएका चित्रकलाहरूको प्रदर्शनी पनि राखिएको थियो । जसले उनीहरूको कलात्मक प्रतिभालाई झल्काएको थियो ।

सम्बन्धित समाचार

पोखरीमा डुबेर विराटनगरमा एक पुरुषको मृत्यु

विराटनगर , १० असोज । पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीमा डुबेर ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको हो । भैँसी...

रियालिटी शो ‘डान्स मास्टर’को घोषणा, तेरिया र सुशान्त पनि जज

नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...

तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...

मोरङ कारागारमा कैदीबन्दीबिच झडप

विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...

३० हजारको रेम्डेसिभिर १ लाख २० हजारमा बेच्न खोज्ने पक्राउ

कोभिड-१९ संक्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिरलाई कालोबजारी गर्ने एक व्यक्ति काठमाडौंको बसुन्धराबाट पक्राउ परेका छन् । ३० हजार पर्ने ६ थान रेम्डेसिभिर १ लाख २० हजारमा बिक्री गर्न खोज्ने गोरखा आरुघाट-४ भर भई काठमाडौंको टोखा बस्ने २५...

बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रर्दशनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ स्कुलमा चित्रकला तथा हस्तकला प्रदर्शनी आयोजना गरिएको छ । शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाफल वितरणको अवसर पारेर सोमबार स्कुल परिसरमा चित्रकला तथा हस्तकला प्रर्दशनी गरिएको हो ।...

लिदी पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक, साउन ३०-सिन्धुपाल्चोककाे जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । बेपत्ता हुने सबैकाे पहिचान खुलेकाे छ । पहिरोमा परी अहिलेसम्म २ जनाको शव भेटिएको छ । पहिराले ३५...

श्रीच्छा प्रधान भइन् मिस नेपाल

काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्