तेस्रो मिल्स भेट्रान्स गोल्डकप : आयोजक मिल्स र विराट भेट्रान्स सेमिफाइनलमा
मङ्गलबार, ३० बैशाख, २०८२,
न्यूज विराट
विराटनगर। कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा नगरपालिकाको विराट भेट्रान्स क्लब सेमिफाइनलमा पुगेको छ। विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्सले सुनसरीको रामधुनी भेट्रान्स क्लबलाई ५–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। जितको लागि मिल्सका तर्फबाट रुपक श्रेष्ठले दुई गोल, अजय लिम्बु, अशोक कुमार केसी र कृष्ण शाक्यले समान १–१ गोल गरे। सोही दिन भएको दोस्रो खेलमा विराट भेट्रान्सले सुनसरीको भरौल भेट्रान्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो। बुधबारको पहिलो सेमिफाइनल खेल पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबबीच हुनेछ।
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् । बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए । उनले कार्यसूचीमा एमसीसी उल्लेख...
विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो...
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश...
संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने दाबी गरेका छन् । प्रदेशसभाको बैठक पछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ सङ्ख्या छ...
काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभाका तयार पारिएको मञ्च र...
रुपन्देही, २३ जेठ-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले अहिलेसम्म कोभिड-१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुसी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने...