विराटनगर । सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान वर्ष ३१ का प्रेम बहादुर बुढाथोकीको मुख्य योजनामा परिवारको संलग्नतामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
वैदेशिक रोजगारमा कोरियामा रहेका श्रीमान प्रेमबहादुरले दिएको निर्देशन अनुसार भाइ वर्ष २९ का ढकेन्द्र बुढाथोकीसहित ७ जनाको संलग्नमा चुनुकुमारीको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले घटनामा संलग्न श्रीमान प्रमेबहादुरसहित ६ जनालाई पक्राउ गरेर बिहीबार धरानमा पत्रकार सम्मेलन गरेर सार्वजानि गरिएको छ । यस घटनामा प्रहरीले प्रेमबहादुरको भाइ मोरङको पथरीशनिश्चरे ३ संगमचोकमा बस्दै आएका ढेकेन्द्र बुढाथोकी, उनकी श्रीमति सोही ठाउँमा बस्ने २५ वर्षीया सृष्टी बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ घर भइ हाल उर्लाबारी ५ मा बस्दै आएका प्रेमबहादुरका कान्छा ज्वाइ वर्ष ३६ का योगेन्द्र गौतम, योगेन्द्रका श्रीमति २८ वर्षीय डेनु गौतम र पथरीशनिश्चरे ३ का वर्ष ४० का केशवराज दाहाललाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । हत्यामा संलग्न भारतको असालम जिल्लामा तेजपुरमा बस्दै आएका वर्ष ३५ का राजु थापा मगर फरार रहेका छन् । उनी चुनुकुमारीको हत्यामा राजुको प्रत्यक्ष संलग्न रहेको एसपी तिम्सिनाले बताए । उनी फरार रहेकोले खोजी कार्य जारी राखिएको छ । ‘हत्या गर्नको लागि राजुलाई भारतबाट बोलाएको पाइएको छ । केही रकम दिने भनेर उनी आएको अनुसन्धानबाट देखिन्छ,’ एसपी तिम्सनाले भने, ‘यस विषयमा हामीले थप अनुसन्धान गर्दै आएका छौं ।’ राजु पक्राउ परेकी सृष्टी बुढाथोकीको फुपुको छोरा हुन् ।
परपुरुषसँग सम्बन्ध राखेको भन्दै हत्या
प्रेमबहादुर वैदेशिक रोजगारमा कोरिया गएपछि श्रीमति चुनुकुमारीसँग खटपट सुरु भएको थियो । उनले परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमतिसँग सम्बन्ध विच्छेद माग्दै आएका थिए । श्रीमतिको हत्या गर्नु चार महिना अगाडी प्रेमबहादुर कोरियाबाट २७ मंसिरमा घर आएका थिए । घर आएपछि उनले श्रीमतिलाई बारम्बार डिबोर्स दिनुपर्ने अडान राखेका थिए । तर, श्रमतिले नदिने पक्षमा थिइन् । त्यसपछि प्रेमबहादुर ५ माघमा कोरिया फर्किए ।
कोरियाबाट यसरी बुने हत्याको योजना
प्रेमबहादुर कोरिया पुगेपछि हत्याको योजना बुनेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । उनले श्रीमतिको हत्या गर्ने सुरुमा भाइ ढकेन्द्रलाई सुनाए । ‘त्यसपछि परिवारका सदस्यलाई सुनाएर हत्या गर्नको लागि भारतमा बस्दै आएका राजुलाई झिकाउने निर्णायमा पुगे । प्रेमबहादुर र राजुको आर्थिक लेनदेन भएको देखिन्छ । चुनुकुरीको हत्या गरेपछि राजुले लिएको आर्थिक रकम मिनाह गरिदिने मौखिक सहमति भएको देखिन्छ । तेही अनुसार राजु यस घटनामा संलग्न भएको अनुसन्धानबाट देखिन्छ,’ यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘तर, कति रकम राजुलाई दिने भन्ने विषयमा अहिले खुलिसकेको छैन । त्यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।’
धरानको जंगलमा पुर्याएर यसरी गरे हत्या
चुनुकुमारी चुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । २४ चैतमा प्रेमबहादुरले कोरियाबाट श्रीमति चुनुकुमारीलाई फोन गरेर भाइ ढेकेन्द्रलाई भेटन केराबारी जानु भन्छन् । श्रीमानको कुरालाई मनेर देवर ढकेन्द्रलाई भेटन केराबारीमा जान्छन् । केराबारीमा पुगेपछि राजु र योगेन्द्र हुन्छन् । त्यसपछि उनीहरु योगेन्द्रले चलाएको प्रदेश १ –०२–०४३ प ६८६२ नम्बरको पल्सर मोटसाइकलमा बसेर केराबारी हुँदै पानमाराको जंगलतर्फ लाग्छन् । धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनको घना जंगलमा पुगेपछि बाइक राखेर चुनुकुमारीलाई उत्रान्छनर निर्घात कुटपिट गर्दछन् । कुटपिटबाट लडेकी चुनुकुमारीले भिरेको ब्यागको डोरीले घाटी थिचेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ,’ एसपी तिम्सिनाले भने, ‘चुनुकुमारीको हत्या गरेपछि पनि श्रीमान प्रेमले भाइसँग दैनिक अपडेट लिएको देखिन्छ ।’
हत्या भएको पाँच दिनपछि चैत २९ गते प्रेमको भाइ ढकेन्द्र, उनकी श्रीमति सृष्टी, डोनु र केशवराज दाहाल पक्राउ परे । त्यसपछि ३० चैतमा योगेन्द्र गौतम काकडभिट्टा नाकाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसपछि परिवारसँगको समन्वयमा कोरियाबाट जिकाएर प्रेमबहादुरलाई बुधबार कामाठण्डौको अन्तर्राष्ट्रिय विमानस्थलाबाट पक्राउ गरिएको एससपी तिम्सिनाले बताए ।
धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन्। उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ।