सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

 न्यूज विराट
सुनसरीको देवानगन्जमा गोली चलाउनेको पहिचान खुल्योे, तीन जना घाइते

विराटनगर । सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चलेको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव र पिन्टु यादव रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । घाइते मध्ये शिवकुमारको अवस्था गम्भिर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गोली चलाउने व्यक्तिको पनि पहिचान भएको प्रहरीले जनाएको छ । ‘गोली चलाएर घाइते बनाउने व्यक्तिको खोजी कार्य तिव्र बनाएको छ ,’ एसएसपी दाहालले भने । प्रहरी स्रोतका अनुसार साना हतियारबाट तीन राउन्ड गोली चलेको छ ।
पिन्टु मेहताले चलाएको मोटरसाइकको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर यकिन भइसकेको छैन । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजद्वारा उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

विराटनगर । विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुने फिजिक्स...

वीरगञ्जमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु

जनकपुरधाम,   ७ भदौ-कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि...

पर्सामा २ सेनाका जवानसहित थप ५ जनाले जिते कोरोना

जनकपुरधाम, २२ जेठ-वीरगञ्जको विशेष कोरोना अस्पतालबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई जितेर आज ५ जना घर फर्किएका छन् । योसहित प्रदेश २ बाट कोरोना जित्नेको संख्या १ सय ९ पुगेको छ । आज पर्साको जिराभवानी...

विराटनगरमा संस्कृत भाषाको प्रशिक्षण हुने , देशभरका ५ सय जनाको सहभागी

विराटनगर । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय...

पहिलो टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ । नेपाली समय अनुसार बुधबार बिहान...

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड (पूर्ण पाठ)

विराटनगर, असार १-प्रदेश १ ले ४० अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सोमबार प्रदेशसभामा चालू वर्षको तुलनामा करिब २ अर्ब बजेट घटाएर प्रस्तुत गरेका हुन् ।...

नाबुन दुहबीले मनायो जितिया पर्व

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल दुहबी नगर कमिटिले जितिया पर्व मनाएको छ । सुनसरीको दुहबीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी जितिया पर्व मनाएको हो ।जितिया पर्वको अवसरमा नाबुन दुहबीले सांस्कृति कार्यक्रम पनि आयोजना...

डा.महेन्द्र विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्षबाट राजीनामा

काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अ‍ोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्