गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

 न्यूज विराट
गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “सहकारी क्षेत्र आज नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा बनेको छ । यसले रोजगारी सिर्जना, गरिबी निवारण र समावेशी विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ,’ उनले भने । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारी आन्दोलनको वर्तमान अवस्था र चुनौतीहरूबारे प्रकाश पारे । ‘६८ वर्षको यात्रामा नेपालको सहकारी आन्दोलनले धेरै उतारचढाव पार गरेको छ। आज सहकारी क्षेत्रमा ३५ हजारभन्दा बढी संस्थाहरू क्रियाशील छन् र करिब ७० लाख नागरिकहरू प्रत्यक्ष रूपमा आबद्ध छन्, उनले भने । उनले सहकारी सिद्धान्त र मूल्यमान्यताको अनुशरण गर्दै सहकारी संस्थाहरूलाई पारदर्शी र जवाफदेही बनाउन जोड दिए ।
कार्यक्रममा सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई अभियन्ताहरू माधव अत्री र विष्णु ओझालाई विशेष सम्मान प्रदान गरियो । समारोहका अवसरमा सहकारी उत्पादनहरूको प्रदर्शनी पनि आयोजना गरिएको थियो जसमा विभिन्न सहकारी संस्थाहरूद्वारा उत्पादित वस्तुहरू प्रदर्शनीमा राखिएका थिए ।

सम्बन्धित समाचार

२ अर्ब बढीको मेडिकल सामग्री खरिद गरेको सेनालाई ढुवानी खर्च थप २५ करोड लाग्ने

नेपाली सेनाले मेडिकल सामग्री खरिदका लागि चीनको चिनियाँ सिनो फार्म इन्टरनेसनल कम्पनीसँग सम्झौता गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सिनो फार्मसँग सेनाले २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता...

भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस...

अमेरिकी डलरको भाउ नयाँ उचाइमा

काठमाडौं, जेठ २६ । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री...

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो । वर्षाको कारण समयमा...

डनबस्को स्कुललाई प्याब्सन विराट कपको उपाधि

विराटनगर । ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको उपाधि विराटनगरमा रहेको डनबस्को स्कुलले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै डनबस्को स्कुलले उपाधि जितेको हो । उपाधिसँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्