सवारी चालकको स्वास्थ्य परीक्षण : ११ जना लागूऔषध सेवन गरेको भेटियो

 न्यूज विराट
सवारी चालकको स्वास्थ्य परीक्षण : ११ जना लागूऔषध सेवन गरेको भेटियो

विराटनगर । मोरङ बेलबारी नगरपालिका १ स्थित ट्राफिक प्रहरी पोष्ट बेलबारी अगाडिको पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरी र बिराट आखाँ अस्पताल विराटनगरको सहकार्यमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ११५ जना चालक, सहचालक तथा स्थानीय व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण अन्तर्गत रक्तचाप जाँच, आँखा परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार कार्यक्रममा ५५ जना विभिन्न सवारी साधनका चालकहरुको लागूपदार्थ सेवन (ला.प.से.) जाँच गरिएको थियो । जाँचका क्रममा ट्रक, टिफर, बस, याबु बहाक, स्कुल बस, ट्याक्टर, म्याजिक, कार र मोटरसाइकल चालकहरुको परीक्षण गरिएको थियो ।
‘सार्वजनिक र निजी सवारी साधन चलाउने ५५ जनाको परीक्षण गर्दा ११ जनाले लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएको छ,’ प्रहरी निरीक्षक लम्सालले बताए । यो संख्या परीक्षण गरिएका कुल चालकहरुको २० प्रतिशत भन्दा बढी हो, जुन निकै चिन्ताजनक अवस्था हो ।
कार्यक्रममा सहभागी चिकित्सकहरुले लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा हुनसक्ने खतराका बारेमा चालकहरुलाई जानकारी दिएका थिए । साथै, उनीहरुले सवारी चलाउँदा निद्रा नलाग्ने गरी स्वस्थ्य रहन र आँखाको नियमित जाँच गराउनुपर्ने सल्लाह दिएका थिए ।
यस किसिमको कार्यक्रमले सवारी चालकहरुमा स्वास्थ्य प्रति सचेतना बढाउन र सडक दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । ट्राफिक प्रहरी कार्यालयले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । ‘हामीले यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जानेछौं । सवारी चालकहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई सचेत गराउन आवश्यक छ,’ प्रहरी निरीक्षक लम्सालले थपे ।
प्रहरीले लागूपदार्थ सेवन गरेर सवारी चलाउने ११ जना चालकहरुलाई कानूनी कारबाहीको दायरामा ल्याएको जनाएको छ ।

सम्बन्धित समाचार

चोरीमा संग्लग्न ३ जना पक्राउ

विराटनगर, १० फागुन । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका-‍ ९ का २१ बर्षीय रोहित भण्डारी...

संघीय सरकारसँग ८ अर्ब १५ करोड बजेट माग गर्ने प्रदेश मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ माघ । प्रदेश १ सरकारले प्रदेश राजधानीभित्रका प्रशासनिक संरचनाका लागि जग्गा खोज्न  कार्यदल गनठ गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्त्वमा कार्यदल गठन गरेको...

२४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ असार-बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

प्रसूति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु 0

काठमाडौं, १९ असोज-तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै...

सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई खाजा ख्वायो

विराटनगर । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई खाजा खुवाएको छ । विराट बाहिरा माविमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले खाजा कार्यक्रम आयोजना गरेको हो । बालबालिकाहरूलाई पौष्टिक, ताजा पकाइएको खाजा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्