टि–२० क्रिकेट प्रतियोगिता : अपराजित हुँदै आयोजक मिल्स फाइलनमा, उपाधिको लागि मोरङसँग भिड्दै

 न्यूज विराट
टि–२० क्रिकेट प्रतियोगिता : अपराजित हुँदै आयोजक मिल्स  फाइलनमा, उपाधिको लागि मोरङसँग भिड्दै

विराटनगर । झापा जिल्लामाथि सानदार जित निकाल्दै आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको फाइलनमा पुगेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३ विकेटले हराउँदै आयोजक फाइलनमा पुगेको हो ।
आयोजक मिल्स क्रिकेट क्लब अपराजित हुँदै फाइलनको यात्रा सुरक्षित गरेको छ । आयोजकले दुई खेलबाट चार अंक जोड्यो । झापाले समान खेलबाट दुई अंक बटुल्दै प्रतियोगिताबाट बाहिरियो ।
यसअघि रनरेटको आधारमा मोरङ फाइलनमा पुगिसकेको छ । उपाधिको लागि शनिबार आयोजक र घरेलु टिम प्रतिस्पर्धा गर्नेछ ।
झापाले दिएको ११० रनको लक्ष्य आयोजकले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जितका लागि आयोजकका मुकुन्द यादवले ३४ बलमा सर्वाधिक ३९ रन बनाए । उनले एक छक्का र ४ चौका हिर्काए । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । विशाल ऋषिदेवले ४१ बलमा ३६ रन बनाए । उनको ब्याटबाट एक छक्का र २ चौका प्रहार गरे । आयोजकका ओपनर विधान गोस्वामीले ८ बलमा पाँच रन मात्रै बनाए । अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन्
झापाका बलर आयुष न्यौपाने र विजय कार्कीले समान २–२ विकेट लिए ।
यसअघि २० ओभरमा अलआउट हुँदै झापाले १०९ रनको योगफल बनाएको थियो । झापाका भुपेश गौतमले ३८ बलमा ३२ रन पारी खेल्दा दिपु भुजेलले ३७ बलमा २५ रनको योगदान दिए । सिद्धार्थले २४ बलमा २२ रन बनाउँदा झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
आयोजकका कृष कामतले कसिलो बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुधिर कामतले ४ ओभरमा २३ रन खर्चेर तीन विकेट लिए भने प्रशान्त साह र मुकुन्द यादवले समान २–२ विकेट लिए ।
मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ ।

सम्बन्धित समाचार

आत्महत्या रोक्न प्रहरीको विशेष अभियान

विराटनग । ७ प्रदेश मध्ये सबैभन्दा बढी १ नं. प्रदेशमा आत्महत्या गर्ने बढेपछि प्रहरीले ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान’ सुरू गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयसँग...

१ बजे योजना आयोग बैठक

काठमाडौं, १५ जेठ-राष्ट्रिय योजना आयोगले आज दिउँसो १ बजेलाई बैठक डाकेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सकेर बजेट भाषणसमेत मुद्रण विभागमा छाप्न पठाएसँगै योजना आयोगले बैठक डाकेको हो । दिउँसो १...

विद्यार्थीको रोजाइमा मेरिल्याण्ड कलेज, प्रवेश परीक्षा दिनेको भिड

विराटनगर । विराटनगर – ७ स्थित एकमात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा विहिबार कक्षा –११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विहान र दिवा सत्र गरि...

राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड

विराटनगर । राजनीतिमा महिला सहभागिता बढ्नुपर्नेमा जोड दिएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा विराटनगरमा आइतबार भएको राजनीतिक दलमा लैंगीक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयन अन्तर विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो...

गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं, १५ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवनपद्वति भएको बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

सिद्धार्थको गैह्रकार्य क्षेत्रमा लगानी, बचतकर्ताको निक्षेप फिर्ता नगरी सहकारी बन्द

विराटनगर । विराटनगर ११ महेन्द्रचोकमा रहेको सिद्धार्थ बुहउद्देश्यीय सहकारीले मनोमानी ढंगले रकम चलाउने र गैर कार्य क्षेत्रमा लगानि गरेको पाइएको छ ।सिद्धार्थले सहकारी ऐन अनुसार काम कारवाही नगरेको कारण बचतकर्ताको करडौं निक्षेप जोखिममा परेको हो...

जिफन्टको स्थापना दिवसमा विराटनगरमा वृक्षारोपण

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा वृक्षारोपण गरिएको छ । जिफन्ट कोशी प्रदेशले विराटनगरमा शुक्रबार विहान वृक्षारोपण गरेको हो । विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत बसपार्क अगाडीको...

साह कांग्रेस प्रदेशको आमन्त्रित सदस्यमा मनोनित

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्