कोशी प्रदेश हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयको माओवादी केन्द्रद्वारा विरोध

 न्यूज विराट
कोशी प्रदेश हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णयको माओवादी केन्द्रद्वारा विरोध

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले प्रदेशसभाको हिउँदे अधिवेशन अचानक अन्त्य गर्ने सरकारको निर्णयको आलोचना गरेको छ। अधिवेशन अकस्मात अन्त्य गर्ने निर्णयलाई माओवादीले ‘संसदीय परम्पराविपरीत’ भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्मिनाद्वारा जारी विज्ञप्तिमा सरकारले अधिवेशनमा महत्वपूर्ण विधेयकहरू पारित गरिने बताएको भएपनि आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाइएको छ । ‘आफैंले ल्याएको नीति, कार्यक्रम, र बजेटको कार्यान्वयन निराशाजनक रहनुका साथै पूँजीगत खर्च तथा विपद्पछिको पुनर्निर्माणमा समेत सरकार असफल देखिएको तथ्य प्रदेशसभामा उठिरहेका थिए । यस्ता प्रश्नहरूको जवाफ दिनुको साटो सरकार संसदीय छलफलबाट भाग्न खोज्नु अत्यन्त खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ । माओवादीले सरकारप्रति जनताको विश्वास खस्कँदै गएको सन्दर्भमा, जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभालाई निष्क्रिय तुल्याउनु गम्भीर विषय भएको बताएको छ र ‘यसले सरकारको असफल कार्यक्षमता उजार मात्र गरेको छैन, जिम्मेवारी पुरा गर्न पूर्ण रुपमा असफल भएको देखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विपक्षी दलका केही सांसदहरूले प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयकहरू दर्ता गरेका थिए, तर तिनलाई प्राथमिकता नदिएको, प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई सम्बोधन नगरेको विज्ञप्तिमा उल्लेख छ। माओवादीले सरकारको कार्यसम्पादन ‘निराशाजनक’ रहेको भन्दै अधिवेशनको अचानक अन्त्य गर्नु त्यसैको संकेत गरेको पनि जनाएको छ

सम्बन्धित समाचार

स्वास्थ्य सेवा विभागलाई खारेज गरिने

काठमाडाैं, २ जेठ-रकारले स्वास्थ्य सेवा विभागलाई खारेज गर्ने भएकाे छ । त्यसकाे ठाउँमा महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको (एनसीडीसी) स्थापना गर्ने  घोषणा सरकारले गरेको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८...

प्रहरीका ७३ सइ प्रहरी निरीक्षकमा बढुवा

काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...

फाइनलमा त्रिभुवन आर्मी क्लब

विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको...

प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार-प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालका अनुसार धनुषा र महोत्तरीका २२ जनामा कोरोना देखिएको हो । थपिएका संक्रमितमध्ये धनुषाका १६ जना छन् भने महोत्तरीका ६...

चोरीको एक गाडी तार विराटनगरबाट बरामद

विराटनगर । विराटनगरको एउटा कवाडी पसलबाट चोरीको एक गाडी तार प्रहरीले बरामद गरेको छ । विराटनगर – ११ टुनटुन शर्माको कवाडी पसलबाट प्रहरीले एक मिनी ट्रक चोरीको तार प्रहरीले बरामद गरेको हो । विद्युतमा प्रयोग...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

मदर मैरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगर – १५ दिपज्योती टोलमा रहेको मदर मैरी ईङलिस स्कुलले रजत जयन्ती मनाएको छ । ।स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपालथान गाउँपालिका अध्यक्ष...

कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयक : बजेटको आकार ५० करोड बढाउँदै ३६ अर्ब ७४ करोड पुर्‍याइयो

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्