पाँचौ मिल्स गोल्डकप , प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

 न्यूज विराट
पाँचौ मिल्स गोल्डकप , प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब सेमिफाइलनमा पुगेको हो ।
जितको लागि पेवा स्पोर्टिङ्ग क्लबका हरी खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा पेमा स्पोर्टिङ्ग क्लबले अग्रता लिएको थियो । अनिल परियाले निकालिदिएको पासलाई हरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै पेमा स्पोर्टिङ्ग क्लबले अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा डिबक्स भित्रबाट गरेको कडा प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईलाई लागेर फर्कियो । रिबाउन्ड भएर फर्किएको बललाई अनिले पोस्टको दिशा दिएका थिए । उनले गरेको गोलनै टिमको जित सुनिश्चित भयो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफदेखि पेमा युवा क्बलले रणनीति बदलेर आक्रमक खेल्यो । त्यसपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले दोस्रो हाफपछि पाएको सुन्दर गोल गर्ने आधा दर्जन प्रहार पेमा क्लबका गोल रक्षक निशान थापा मगर बाधक बनिदिए । पुलिसका मनोज सुब्बाले ७० औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरियो । त्यसलगत्तै विकास राईले गरेको प्रहार पेमाका गोल किपर निशानले बिफल पारिदिए । प्रतियोगिताको प्लयेर अफ म्याच पेमा स्पोर्टिङ्ग क्लबका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय पाए ।
मंगलबारको खेल भारत बिहारको बाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

जलेको अवस्थामा मृत फेला

झापा, माघ १७–झापाको बाह्रदशी गाउँपालिकामा आज एक महिला मृतवस्थामा फेला परेकी छन् । बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...

कोशी अस्पतालबाट फरार भएका कैदी एक हप्तापछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी एक हप्तापछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले...

मातृभूमिप्रति समर्पित हुदै गीतको विश्व लोकर्पण

मोरङ,११ असार-विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक यहाँ एक नेपाली गीतको विश्व लोकर्पण गरिएको छ। वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा...

प्रदेश १ मा आज २६ संक्रमित थपिए, संक्रमितको संख्या ६०४ पुग्यो

विराटनगर, १७ असार–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र...

बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...

न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सौलियत दिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...

विराटनगरको सेन्ट्रल मलमा ‘जुम्बा’ संचालनमा

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी जुम्बा संचालनमा ल्याएको हो । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा संचालनमा ल्याएको सेन्ट्रल मलका प्रबन्धक...

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण

विराटनगर, माघ १५–मोरङको सुनवर्षी नगरपालिकाका २ साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाको भेडुवा थान स्थित विपि सेवा केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच सुनवर्षी–५ टकुवा र ९ नं. डायनियाँको साना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्