सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

 न्यूज विराट
सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी कामतलाई यो छात्रवृत्ति प्रदान गरिएको हो । नाबुन विराटनगर महानगर कमिटिले भारतीको कक्षा दश सम्मको शिक्षामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ ।
सोमबार विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा नाबुन विराटनगर महानगर कमिटिकी अध्यक्ष भली सुब्बाले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले यो पहल गरिएको बताइन् । ‘यसअघि हामी वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएका थियौं । यसपटक हामीले शिक्षा क्षेत्रमा योगदान गर्ने निर्णय ग¥यौं,’ उनले भनिन् ।


नाबुनकी केन्द्रीय सदस्य गंगा तामाङले यस छात्रवृत्तिले आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिइन् । नाबुन प्रदेश अध्यक्ष कला डाँगीले पनि यस कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूलाई शिक्षामा सहयोग पु¥याउने यस्ता पहलहरूको महत्व बताइन् ।
विद्यालयका सहायक प्रधानाध्यापक चिन्तामणी रिजालले भारतीजस्ता जेहेन्दार विद्यार्थीहरूलाई दिइने यस्ता छात्रवृत्तिले उनीहरूको शैक्षिक यात्रामा ठूलो टेवा दिने बताए । विद्यालयका अध्यक्ष मनोज विक्रम साहले सौन्दर्यकर्मीहरूको यस पहलको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
छात्रवृत्ति प्राप्त गर्ने भारती कामतले आफूलाई यो अवसर प्रदान गरेकोमा नाबुनप्रति आभार व्यक्त गर्दै, यसले आफ्नो शैक्षिक यात्रामा थप प्रेरणा दिएको बताइन् । उनले कक्षा दशसम्मको शिक्षा पूरा गरेपछि उच्च शिक्षा हासिल गर्दै आफ्नो समुदायको लागि योगदान दिने लक्ष्य राखेको बताइन् ।
कार्यक्रममा नाबुन विराटनगर महानगरकी सचिव बसन्ती गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् भने नाबुन प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेल, जिफन्ट कोशी प्रदेशकी महिला सचिव सायदा तवसुम लगायत अन्य सौन्दर्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका शिक्षक र विद्यार्थीहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । शिक्षकहरूले यस्ता पहलहरूले विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा प्रोत्साहित गर्ने र समाजमा शिक्षाको महत्त्व बढाउने विचार व्यक्त गरे ।
नाबुन विराटनगर महानगर कमिटिले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक सहयोग कार्यक्रमहरू निरन्तर रूपमा संचालन गर्ने योजना बनाएको जनाएको छ । यसले समाजमा शिक्षाको महत्त्व बढाउनुका साथै आर्थिक रूपमा कमजोर परिवारका प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
छात्रवृत्ति प्राप्त गर्ने भारती कामतका अभिभावकले पनि यो सहयोगले आफ्नो छोरीको शैक्षिक भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने आशा व्यक्त गरे । उनीहरूले आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएकाले यस्तो सहयोगले ठूलो राहत मिलेको बताए ।

सम्बन्धित समाचार

महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

प्रदेश १ मा सोमबार ६ संक्रमित थपिए, १५ डिस्चार्ज

विराटनगर, असार २२–प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा...

विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...

बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा, बिहीबार विराटनगरको पसल बन्द

विराटनगर । बैंकको ब्याजदरविरूद्ध एक दिन विराटनगरको बजार बन्द गर्ने घोषणा गरेका छन् । विराटनगरका उद्योगी व्यवयासीहरूले बिहीबार पसल बन्द गरेर आन्दोलनमा उत्रिने भएका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग...

राहतले विपन्न परिवारमा खुसी

विराटनगर, २० चैत-प्रतिकूल अवस्थामा स्थानीय सरकारले खाद्य सामाग्री वितरण अभियान चलाएपछि इटहरीका विपन्न परिवारले राहत महसुस गरेका छन् । । इटहरी उपमहानगरपालिकाले लकडाउनको अवधि थपिएपछि दैनिक ज्यालादारीमा काम गर्ने २० वटै वडाका १० हजार परिवारलाई...

कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।एक्स्पोको सम्पूर्ण...

बुढिगंगा गाउँपलिकालाई राहत सामग्री हस्तान्तरण

विराटनगर, चैत २१–नेपाल कम्य्निष्ट पार्टी(नेकपा) बुढिगंगा गाउँ कमिटीले गाउँपलिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी स्थानीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्