प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा मोरङ र झापा विजयी
मङ्गलबार, २० फागुन, २०८१,
न्यूज विराट
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ ।
वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १ सय ७६ रनको विशाल अन्तरले पराजित गरेको छ । जित पछि मोरङ २ खेलमा ४ अंककासाथ शिर्ष स्थानमा रहेको छ भने इलाम ३ खेलमा १ मा जित २ मा पराजितका साथ २ अंकले चौथो स्थानमा भरेकोे छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई सय १८ रनको योगफल तयार पारेको थियो । मोरङकालागि सकिव हलले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए । इलामका सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २–२ विकेट लिए ।
२ सय १९ रनको लक्ष्य पछ्याएको इलामले १४ दशमलव ४ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । इलामका सन्दिप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच महबुब बाबु इराकीले ३ विकेट लिँदा मिनस थापाले ३ विकेट लिए ।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित गरेको छ । जित पछि झामा २ खेलमा १ मा जित १ मा पारजित हुँदा तेस्रो स्थानमा उक्लिएको छ भने उदयपुर ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ । टस हारेर जितेर ब्याटिङ गरेको उदयपुले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको योगफल बनायो । उदयपुरका आशिष भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए ।
१ सय ५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९ दशमलव ५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए । उदयपुरका दिपकराज जोशीले २ विकेट लिए । लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।
काठमाडौं, ७ चैत । नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भेलालाई पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।...
काठमाडौं, ९ जेठ-रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम...
सप्तरी, २ जेठ-लुकिछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरीको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय...
विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...
विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...
रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...
काठमाडौं, १९ साउन-साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित...
काठमाडौं, ५ भदौ-हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । विगतमा धुमधामका साथ मनाइने तीज यो पटक भने कोरोना महामारीका कारण खल्लो भएको छ । सरकारले संक्रमण नियन्त्रणका लागि...