सकियो तीन दिने सेल्फ डिफेन्स तालिम

 न्यूज विराट
सकियो तीन दिने सेल्फ डिफेन्स तालिम

विराटनगर । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले विद्यालय पढने किशोरीहरुलाई आत्मरक्षाको लागि विद्यालयस्तरमा भएको सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने बताइन् । ‘हिंसाको थुप्रै घटनाहरु अहिले हुने गरेको छ । त्यसमाथि पनि छोरीहरु धेरै जोखिममा रहेका छन् । आत्मरक्षा तालिमले हिंसा रोक्न ठूलो सहयोग पुग्नेछ । आत्मरक्षा तालिम गाउँ–गाउँसम्म पुर्याउन जरुरी रहेको छ,’ उपसभामुख दनुवारले भनिन् ।
कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डको सदस्य थलुराज भण्डारी हिंसा रोकथाम र नियन्त्रणको लागि महिलाहरुलाई सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताए । तालिमको सिकेको ज्ञान साथीहरुलाई पनि सिकाएर हिंसा रोकथाम र नियन्त्रण गरेर अगाडी बढनुपर्नेमा उनले जोड दिइन् ।

समापन कार्यक्रमको अध्यक्षता गरेकी समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउनको लागि प्रदेश सरकारसँग समन्वय गरेर काम गर्दै आएको बताइन् । सेल्फ डिफेन्स तालिमले महिलाहरुलाई आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । बिहीबारदेखि सुरु भएको उक्त तालिममा १३ वटा विद्यालयका एक सय बढी किशोरीहरुको सहभागि रहेको तालिमको संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य शान्ता जोशीले जानकारी दिइन् ।
तालिममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रशिक्षक प्रहरी निरीक्षक तोरण परियारले आत्मरक्षाको लागि प्रतिकार गर्ने तरिका, कानूनी व्यवस्था सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए भने प्रहरी सहायक हवल्दार पविता शर्माले सहभागी प्रशिक्षार्थीहरुलाई आत्मरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास गराएका थिए ।


कार्यक्रममा राष्ट्रिय सौन्दर्यकमी युनियन कोशी प्रदेशको कोषाध्यक्ष अमिता पोखरेल, विराटनगर महानगर अध्यक्ष भली सुब्बा, सचिव बसन्ती गुरुङ, सत्यनारयण स्कुलका प्रधानध्यापक पुरुषोतम गुरागाइलागयतको सहभागिता रहेको थियो ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको सो तालिममको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले गरेका थिए ।

सम्बन्धित समाचार

अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

रवि आधारभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण

विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ झोराहाटमा रहेको रवि आधाभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरिएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो । अति विपन्न समुदायका...

११३ वर्षीया मारियाले जितिन कोरोना

एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त...

एकै पटक १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ वैशाख-एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार...

आज १ हजार ३५६ जनामा कोरोना पुष्टि, ८ सय २३ जना डिस्चार्ज

काठमाडौं, ६ असोज-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर गर्दा १ हजार ३ सय ५६ जनामा...

कर्मचारी संगठन प्रदेश १ समिति अध्यक्षमा रुद्र सुवेदी चयन

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको...

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

काठमाडौँ, ४ मङ्सिर-नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्