कर्मचारी संगठन प्रदेश १ समिति अध्यक्षमा रुद्र सुवेदी चयन
मङ्गलबार, ०९ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा नारायण राय यादव, ताराकिरण राई, नमिता पौडेल तामाङ, जमान सिंह मोक्तान, रत्न प्रसा चौंलागाई चयन भएका छन् । यस्तै सचिवमा अम्बर राई, सहसचिवमा खगेन्द्र पौडेल, उत्तम आचार्य, वेदनिधि कार्की ढोली चयन भएका छन् भने कोषाध्यक्षमा प्रकाश राई, सहकोषाध्यक्षमा राजिव बस्नेत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा गोपाल बराल, कृष्ण घिमिरे, हेमु पोर्तेल, विन्देश्वर साह, रामप्रसाद मिश्र, दिपेन्द्र कार्की, गणेशबहादुर गुर्धामी, डम्बर कुमार राई, बाबुराम बस्नेत, श्रीराम पण्डित, मिनप्रसाद पराजुली, तोषल भट्टराई, बालकृष्ण दंगाल चयन भएका छन् । अन्य सदस्यहरुमा हिमाल दनुवार, डा.नागेन्द्र बहादुर दाहाल, भानुभक्त श्रेष्ठ, देबेन्द्र चापागाईं, लेखराज मगर, रजनी याम्फु राई, उमेश राई, अम्बिका सुवेदी, सौगात रेग्मी, सरोज सुवेदी, रमिता कुमारी सिंह, चिन्तामणि पोखरेल, दिनेश ढुंगाला र अञ्जु चौधरी रहेका छन् ।
उक्त सम्मेलनको पूर्व उर्जा मन्त्री तथा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले उद्घाटन गरेकी थिइन् भने सम्मेलनमा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका सचिव राम कार्की लगायतको सहभागीता थिए । सम्मेलनमा माओवादी केन्द्र निकटका १४ वटै जिल्लाका ३ सय ५० जना कर्मचारीहरुको उपस्थिति थियो ।
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।