विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ ।
स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका छन् ।
माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, बास्केटबल, टेवलटेनिस, रेसिङ लगायतका खेलहरू समावेश गरेका थिए । खेलकुद सप्ताह २०८१ मा ९ सय विद्यार्थीमध्ये ५ सय भन्दा बढी विद्यार्थी सहभागी रहेको स्कुलले जनाएको छ ।
खेलकुदको माध्यमबाट अरनिकोले पढाइमा मात्रै नभई खेलकुदमा पनि अब्बल रहेको सन्देश प्रवाह गर्न सफल भएको स्कुलका प्रिन्सिपल राजेश कार्कीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर–१० का वडाअध्यक्ष अर्जुन गिरी, अरनिको आवासीय विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्रिन्सिपल कार्की तथा निर्देशकहरु विकास अधिकारी, निलम अधिकारी, भरत दाहाल, विलाश लुइँटेल र डा.भविन्द्र निरौलाले विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए । स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म करिव ९ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...
एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...
विराटनगर । विराटनगर – १६ रानीको सलाइमिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती...
काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...
दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...
काठमाडौं, २ कात्तिक-नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ । स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले...
काठमाडाैं, ७ वैशाख-अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजार व्यवस्थित भएको दाबी गरेका छन् । उनले आइतबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको छलफलमा यस्तो बताएका हुन् । बजारमा कालो बजारी हुन्छ कि भन्ने शंका गरिएको अवस्थामा...