विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलले ११औं वार्षिकोत्सव मनाएको छ । विराटनगर–८ आरोहण गुरुकुलमा शनिबार भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
राष्ट्रगानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइला’ को प्रमुख आतिथ्यतामा किड्स भिलेजले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बालकक्षादेखि ७ कक्षासम्मका विद्यार्थीहरूले आफ्ना प्रस्तुति राखेर उपस्थित अतिथि, अभिभावक र शिक्षक–शिक्षिकालाई मनोरञ्जन गराएका थिए । कार्यक्रमको थालनी बालकक्षाका छात्र–छात्राहरूले स्वागत नृत्यबाट गरेका थिए ।
त्यससँगै विद्यार्थीहरूले सांस्कृतिक पहिरनसहितको ‘फेसन शो’, हनुमान चालिसा, भजन, नाटक, कराते र तेक्वान्दोका कौशलातासमेत प्रस्तुत गरेका थिए ।त्यसैगरी स्कुलले आफ्ना ४२ जना विद्यार्थीहरूलाई दीक्षित गरेको थियो ।
कार्यक्रममा बोल्दै मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले किड्स भिलेजका विद्यार्थीकोहरूको प्रस्तुतीबाट मन प्रफुल्लित बनाएको सुनाए । किड्स भिलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना विद्यार्थीहरूलाई अब्बल बनाएको उनको भनाइ थियो ।
स्कुलका प्रिन्सिपल विजय दाहालले अभिभावकको साथ–सहयोग र भरोसाका कारण आफूहरूले ११औं वार्षिकोत्सव मनाउन सफल भएको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।
स्कुलमा आफूहरूले गरेको मेहनत र अभिभावकको साथले गर्दा विराटनगरको उत्तरी भेग पुष्पलाचोकमा मारिया किड्स मन्टेश्वरी स्कुल पनि आफ्नै मातहतमा सञ्चालन गर्न थालेको बताए ।
स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले विद्यालयको वार्षिकोत्सव कार्यक्रममा अभिभावकको उपस्थितिले आफूहरूलाई हौसला प्रदान गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ब्याकुल माइलाले निर्भिकताका साथ किड्स भिलेजका विद्यार्थीहरूले दिएको प्रस्तुतीबाट आफू बालापनमा फर्किन पुगेको बताए ।
किड्स भिलेजमा पठनपाठनसँगै विभिन्न कला–सीप सिकाउनेबारे थाहा पाउँदा आफूलाई खुसी लागेको पनि उनले बताए ।
कार्यक्रमको समापन गर्दै स्कुलका अध्यक्ष मदन खतिवडाले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको किड्स भिलेजप्रति अभिभावकको भरोसा बढेको बताए ।
कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष अनुमप राठी, मोरङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, कोषाध्यक्ष मणिराज भट्टराई, सदस्य, ईन्द्र राई, समाजसेवी फुलकुमार लालवानी, विराटनगर प्याब्सन अध्यक्ष अर्जुन श्रेष्ठ, सचिव चिरञ्जीवी तिम्क्सिनालगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा स्कुलकी एकेडेमिक डाइरेक्टर निर्मला अधिकारी र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको...
विराटनगर, ३२ जेठ । काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ । आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन्...
विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...
बुटवल, १ जेठ-कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश ५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका १ सय ९ वटै स्थानीय तहमा लागू...
काठमाडौं, ६ वैशाख ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, 'गठबन्धन टुटाउने षड्यन्त्र...
सर्लाही, माघ २१–पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको...
विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...