भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन माग

 न्यूज विराट
भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन माग

विराटनगर । भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन यहाँका उद्योगी व्यवसायीहरुले सरकारलाई सुझाब दिएका छन् ।

७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा यहाँका उद्योगी व्यवसायीहरुले यस्तो सुझाब दिएका हुन् ।
यहाँका उद्योगी व्यवसायीहरूले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरूको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने समेत बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारका सबै गतिविधिहरूले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वास्थ्य व्यावसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताए । उनले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।
मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले भन्सार जाँचपासलाई सरकारले थप सहजता प्रदान गरेर अगाडी बढनुपर्ने बताए । व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएको अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने उनले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले भन्सार प्रशासन अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राही प्रति उत्तरदायी भएर अगाडी बढनुपर्ने सुझाब दिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्सारको प्रमुख उद्देश्य राजस्व संकलन नभई व्यापार सहजीकरण र निर्यात प्रवद्र्धन नै भएको बताए ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी नै भन्सार प्रशासनले काम गरिरहेको बताए । उनले भन्सार प्रशासन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरी नै अगाडि बढिरहेको जानकारी दिए ।
भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । भन्सार प्रमुख ढकालका अनुसार ८ माघदेखि एक हप्ताभरी विभिन्न कार्यक्रम गरिको बताए । भन्सार दिवसको अवसर पारेर शनिबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए । त्यसअघि ब्याटमिटन, भलिबल प्रतियोगिता लगायतका विभिन्न खेलहरु पनि आयोजना गरिएको थियो । उत्तः प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई आइतबार पुरस्कार वितरण गरियो । सोही अवसरमा भन्सारका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...

पुर्शराम बस्नेत प्रदेश खेलकुद बोर्डको सदस्य सचिवमा पुनर्बहाली

विराटनगर । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले सोमबार उनलाई बखास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएपछि बस्नेत खेलकुद बोर्डको सदस्य सचिवमा...

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद् : कांग्रेस

काठमाडौं, १८ असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आजको...

एमाले कोशी प्रदेश अधिवेशन : ढकाल र खतिवडा प्यानल बनाएर चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङ घर भएका घनश्याम खतिवडाले उम्मेदवारी दिएका हुन् । यस्तै उपाध्यक्षमा धनकुटाका टिकाराम...

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ...

प्रदेश १ का मन्त्री कार्कीको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

विराटनगर, २९ असार ।प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । बुधबार पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रपी अधिकारीले विज्ञप्ती निकाल्दै मन्त्री कार्कीले...

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...

प्रदेश १ का वनमन्त्री थापाको निधन

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्