ऋषिकेसका पुर्व स्वकीयसचिव धरौटिमा रिहा

 न्यूज विराट
ऋषिकेसका पुर्व स्वकीयसचिव धरौटिमा रिहा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने मोरङ अदालतले आदेश दिएको छ ।
मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेका पोखरेललाइ ५ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।
अदालतले तोकेको धरौटि रकम बुझाएर पोखरेल रिहा भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगी आरोपमा पोखरेललाई प्रहरीले २५ पुसमा पक्राउ गरेको थियो । पक्राउ परेको १२ दिनमै अनुसन्धान टुङ्ग्याएर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा मङ्गलबार बुझाएको थियो ।
मोरङको रङ्गेली नगरपालिका–२ घर भई काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म विभिन्न मितिमा ३८ लाख ८० रुपैयाँ चौधरीले पोखरेललाई दिएको बौआलालले बताएका छन् ।
एमबीबीएसमा छोरीको नाम निकालिदिने आश्वासन दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै अनिलकहाँ पुग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ ।
बौआलालले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत् अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने पछि रामदेव सिंहमार्फत् १ लाख रुपैयाँ नबिल बैङ्कमा रहेको अनिलको खाता नं. ३५१००१७५०३९८१ मा जम्मा गरेको बैङ्क भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैङ्कको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मङ्सिर २२ मा बौआलालले विराटनगरको १ कठ्ठा जग्गा बिक्री गरेर एकमुष्ठ १८ लाख रुपैयाँ जम्मा गरिदिए ।
बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानूनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रङ्गेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन ।
बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझे पनि ठगीमा अनुसन्धान अगाडि बढाइएन । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानूनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको थियो । त्यसपछि प्रहरीले जाहेरी दर्ता गरेर पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी ग¥यो । पक्राउ पुर्जी जारी भएको चार दिनपछि गत पुस २५ गते पोखरेल आफै मोरङ प्रहरीमा उपस्थित भएका थिए ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने...

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् ।विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा...

जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले सरकारले तोकेको आगामी १७ र २७ वैशाखमा...

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाद्वारा महावीर पुनलाई सम्मान

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बुधबार विराटनगरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रख्यात आविष्कारक महावीर पुनलाई सम्मान गरेको छ।वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक रकम जुटाउन आफ्नो...

६८ औँ प्रहरी दिवशको अवसरमा मोरङ ट्राफिकको विराटनगरमा सचेतना

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६८ औँ प्रहरी दिवशको अवसरमा ट्राफिक सचेतना मुलक प्रभातफेरी निकालेको छ । विराटनगरमा आइतबार विहान ट्राफिक सचेतनामुलक प्रभातफेरी निकालेको हो । विराटनगरको बसपार्कबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग...

विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्