प्रहरी चौकी अमाहीवरियातीलाई सफलता, डेढकिलोभन्दा बढी चाँदी बरामद

 न्यूज विराट
प्रहरी चौकी अमाहीवरियातीलाई सफलता, डेढकिलोभन्दा बढी चाँदी बरामद

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–२ बाट गोसाई पोखरीनजिकबाट प्रहरीले बुधबार डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ ।

सीमा क्षेत्रको दशगजाबाट प्रहरीले चाँदीका गरगहना र मूर्ति बिहान ११ः१५ बजेतिर बरामद गरेको हो । भारतबाट अवैध चाँदी नेपालतर्फ आइरहेको सूचना प्रहरीले पाएको थियो ।

प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको सही शिव कटुवालको नेतृत्वको टोलीलाई देख्नसाथ चाँदीका गहना र मूर्ति राखिएको कपडाको पोको फालेर महिला फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार पोको फालेर महिला भारततिर नै भागेकी हुन् ।

पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम बराबरको चाँदीका गहना र मूर्ति भेटिएको प्रहरीको भनाइ छ । बरामद भएको गहना र मूर्ति २ लाख ६० हजार मूल्य बराबरको रहेको डीएसपी जोशीले बताए ।

उक्त गहना र मूर्ति भारतमै बनाएर ल्याइएको प्रहरीले जनाएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

मोरङको पथरीमा हराएको टाटा पिकअप विराटनगरमा भेटियो

विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

कोशी प्रदेशमा बजेट सम्बन्धी दुई अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷ ८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः...

एसईई २०७७ को नतिजा प्रकाशित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले...

दरबन्दी थप गरिनुपर्ने लगायतका तीन बुद्धे माग राख्दै पुर्व राष्ट्रपतिलाई चिकित्सकले बुझाए ज्ञापनपत्र

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका पदाधिकारीहरुले पुर्व राष्ट्रपति विद्या देवी भण्डारीसंग भेटेर विभिन्न तीन बुद्धे माग राखेका छन् । उनीहरुले विराटनगरमा पुर्वराष्ट्रपति भण्डारीसँग भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । पछिल्लो समयमा रेजिडेन्ट...

चोरीको ३६ केजी चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

आज थप १ हजार २४६ जनामा संक्रमण पुष्टि, संक्रमित ५० हजार नाघे

काठमाडौं, २५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्