विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ ।
हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने भएपनि फुटबल खेल मंगलबारदेखि शुरु भएको छ ।
खेलसप्ताहमा महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बाँस्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्स हुने मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिएका छन् । अध्यक्ष ढकालका अनुसार हिसानमा आबद्ध मोरङ जिल्लाका ३२ कलेजमा ११ र १२ कक्षा अध्ययनरत करिव १७ सय विद्यार्थी सहभागी गराईने छ ।
अध्यक्ष ढकालका अनुसार पुरुष फुटबलमा २२ वटा विद्यालय सहभागी हुनेछन् । फुटबलमा बेस्ट स्कोरर, किपर र प्लेयरका साथै २१ वटा प्लेयर अफ द म्याच दिइने भएको छ । त्यसैगरी १७ टिम सहभागी हुने भविबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा प्लेयर अफ द म्याच दिने योजना रहेको छ । क्रिकेटमा १३ टिम सहभागी हुनेछन् । जसमा उत्कुष्ट बलर, ब्याटर प्लेयर अफ द सिरिज सहित १२ वटा प्लेयर अफ त म्याच समेत दिइनेछ ।
खेलकुद विधातर्फ फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलालाई ट्रफी र प्रमाणपत्र, बास्केटबलमा प्रथमलाई, लामो तथा छोटो दुरीको दौडका साथै टेवल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौंथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले बताए ।
खेल विधामध्ये क्रिकेट विराटनगर १९ स्थित क्रिकेट रंगशालामा, फुटबल शहीद रंगशालामा, भविबल, कवड्डी, बास्केटबल डिपिएस स्कूलमा र टेवल टेनिस कवर्ड हलमा आयोजना हुनेछ । खेल अवधीभर आयोजकले ३० लाख खर्च हुने अनुमान गरेको छ । मंगलबार भएको फुटबल खेलमा विराटनगरको अर्किड कलेजलाई वेलबारीको शिक्षा सन्देश कलेजले पेनाल्टी सु्टआउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेलको निणर्य पेनाल्टी सु्टआउटबाट भएको हो । खेलको प्लेयर अफ म्याच वेलबारीका गोरकिपर प्रशान्त न्यौपाने भए ।
विराटनगर, १३ साउन । उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ । आज विहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा जहाजमा खराबी देखिएपछि जहाज विमानस्थलमै...
वीरगञ्ज, २३ साउन-सिरहामा १ जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका- १२ का २१ वर्षीय युवकको मृत्यु भएको हो । सिरहाका प्रमुख जिल्ला...
उदयपुर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोक्न ११ चैतदेखि मुलुक लकडाउनमा छ । लकडाउन अझै कति दिनसम्म चल्छ भन्ने टुंगो छैन ।यस्तो अवस्थामा दैनिक औषधि सेवन गरिरहेका बिरामीको समस्या मध्यनजर गर्दै उदयपुरको बेलका नगरपालिकाले...
विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...
काठमाडाैं, २८ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठीक हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको...
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा...
विराटनगर । विराटनगरस्थित अर्किड स्कुलमा अक्षरारम्भ र चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालयपरिसरमा बुधबार अक्षरारम्भ र चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो ।कक्षा यूकेजी देखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुले...
राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा गृहमन्त्री...