फोनिज मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित
आइतबार, २८ पुष, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली सामुदायिक वनमा शनिबार सम्पन्न भएको छैटौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठको अध्यक्षमा १० जनाको नयाँ कार्यसमिति चयन भएको छ । यसअघि श्रेष्ठ दुई कार्यकाल फोनिज मोरङका सचिव भइसकेका छन् ।
त्यसैगरी उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सह– सचिवमा संगिता चाम्लिङ राई र राजेश राजवंशी तथा कोषाध्यक्षमा सुरञ्जन लिम्बू रहेका छन् । त्यसैगरी सदस्यहरुमा देवराज तामाङ, उषा सरदार, तृष्णा कुलुङ राई र संजय राजवंशी चयन भएका छन् । फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् । जिल्ला सम्मेलनको उदघाटन पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्वापोले मर्यादित , निष्कर्ष भएर संचार माध्यमले समचार लेख्नुपर्नेमा जोड दिए । कार्यक्रममा फोनिज संघिय अनुशासन समितिका संयोजक अर्जुन जम्मेली राई ,फोनिज संघिय समिति सदस्य सुजता लिम्बू, फोनिज प्रदेश १ का इन्चार्ज भक्तशेर लिम्बु, सल्लाहकार फिपराज वेघा, प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरला, प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेल, प्रेस सेन्टर नेपाल पुर्वि मोरङका अध्यक्ष सरोज बस्नेत, समाजवादी प्रेस संगठन नेपाल मोरङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेशका सचिब धुब्र भट्टराई, प्रेस मञ्च नेपाल मोरङ अध्यक्ष मुकेश यादब, नपाल पत्रकार महासंघ मारङका निवर्तमान कार्यभावक अध्यक्ष मोहन भट्टराई लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा फोनिजको केन्द्रीय सदस्य सुजता लिम्बुलाई सम्मान गरिएको थियो । पहिचानको आन्दोलनमा समाचारको माध्यमबाट विशेष भुमिका खेलेको भन्दै लिम्बुलाई सम्मान गरिएको हो । उनलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
सोही अवसरमा पथरी शचिश्चरे भित्रका पर्यटन विकास सम्बन्धी सञ्चारकर्मीको भुमिका विषयमा अन्तक्रिया कार्यक्रम समेत गरिएको थियो । उक्त विषयमा फिपराज वेघाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु जातिको सास्कृतिक नृत्य समेत प्रदर्शन गरिएको थियो । फोनिज मोरङका नवनिर्वाचित अध्यक्ष अनिल श्रेष्ठले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता , श्रमजीवी पत्रकारहरुको हकहित , फोनिजकर्मिको वृति विकासमा सधैभरि दृढतापुर्बक उभिने प्रतिबद्धता जनाए ।
काठमाडौं, फागुन १८–दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो...
विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...
विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् । भदौ १६ हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट ७९ जना छनोट भएका हुन् । जय मिडिया मेनेजमेन्ट प्रा लि...
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...
विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...
विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा निःशुल्क दन्त परीक्षण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि उपचारमा गर्दै आएको पाइएको छ । शिविरमा आएका विरामीहरुको दन्त परीक्षण उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्डको ख्याल नगरि...
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब...
नेकपाका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी संवेदनशील मोडमा पुगेको बताएका छन् । बुधबारको सचिवालय बैठकपछि संचारकर्मीहरूसँग कुराकानीका क्रममा पार्टी गम्भीर मोडमा रहेकोले आगामी बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अपेक्षा र...