नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित
आइतबार, २८ पुष, २०८१,
न्यूज विराट
विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७ मत पाए । सचिवमा नबिन श्रेष्ठले ८० मत ल्याएर निर्वाचित भए । सचिवका प्रतिस्पर्धी धिरोज श्रेष्ठले ५८ मत पाए । नेवाः देय् दबू मोरङको अध्यक्ष र सचिवमा निर्वाचत भएको थियो । मोरङ जिल्लाका सबै पालिकाका १५२ जना प्रतिनिधि रहेकोमा १४२ मत खसेको थियो । अध्यक्षमा निर्वाचित अध्यक्ष थर्कमानको घर सुन्दर हरैचा नगरपालिका १२ मा घर रहेको छ । समितिको बरिस्ठ उपाध्यक्षम सैलेन्द्र श्रेष्ठ, उपाध्यक्ष लक्ष्मीनारायण जोशी, महिला उपाध्यक्ष गंगादेवी श्रेष्ठ, सचिव नविन श्रेष्ठ, महिला सचिव मनमाया श्रेष्ठ र कोषाअध्यक्ष प्रकाश श्रेष्ठ रहेका छन् । समितिका अन्य सदस्यहरुमा सुरज बहादुर श्रेष्ठ, मणिलाल श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, भीमकुमार श्रेष्ठ, लिलाकुमार श्रेष्ठ, गीतादेवी श्रेष्ठ, गोपाल श्रेष्ठ, प्रविन श्रेष्ठ, हेमराज श्रेष्ठ, गाँन्दिप श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, दिलकुमारी शाक्य रहेकी छिन् । उक्त कार्यक्रममा नेवाः न्हू पुचः उर्लाबारीको निर्माणाधिन भवनको लागि निबर्तमान अध्यक्ष सुरेश कुमार श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ र देबेन्द्र कुमार मास्केले जनही १५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...
झापा, १५ असार-झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदीले दमक...
सोलुखुम्बु, १ जेठ-जातीय विभेद गरेको आरोपमा सोलुखुम्बुमा १ महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई रहेकी छिन् । सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको...
सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...
विराटनगर । पहिचानको मुद्दामा आदीवासी जनजातिहरू एकजुट भएर लागि परिएमात्र अधिकार स्थापित हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद विराटनगरले ३९ औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार आयोजना गरिएको...
सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका...
चितवन, माघ १४–जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ६ नयाँ एचआईभी संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६...
नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...