अर्किड डान्सिङ स्टार सुरू, बिजेताले ५० हजार बराबरको पुरस्कार पाउने

 न्यूज विराट
अर्किड डान्सिङ स्टार सुरू, बिजेताले ५० हजार बराबरको पुरस्कार पाउने

विराटनगर । विराटनगरमा रहेको अर्किड स्कुलले ‘अर्किड डान्सिङ्ग स्टार’ सिजन –१ सुरु गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभाको खोजी गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले स्कुलले ‘अर्किड डान्सिङ्ग’ स्टार सिजन १ सुरु गरेको हो ।

उक्त प्रतियोगिताको लागि शुक्रबार विद्यालय परिसरमा पहिलो चरणको अडिसन राखेको छ । तीन समूहमा विभाजन गरेको सो प्रतियोगिता आयोजना गरेको छ । कक्षा २ देखि ४ सम्म अध्ययरत विद्यार्थीहरुको एउटा समूह, ५ देखि ७ कक्षा सम्म र ८ देखि कक्षा १० सम्मको समूह गरी तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक सहूमको कक्षाहरुबाट विद्यार्थीहरुले यो प्रतियोगितामा भाग लिएको स्कुलका प्रिन्सिपल सि। एम। श्रेष्ठले जानकारी दिए । तीन वटै समूहबाट छनौट चरणमा एक सय जना विद्यार्थीहरुले भाग लिएका छन् । शुक्रबार ५० जना विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका छन् । बाँकी रहेका ५० जनाले आउँदो शनिबार नृत्य प्रस्तुत गर्दछन् । पहिलो चरणको अडिसनबाट क्वाटरफाइनलमा ५० जना छनौट गरिनेछ । क्वाटरबाट सेमिफाइनलमा ३० जना छनौट हुनेछ । सेमिफाइनलपछि भोटिङ राउन्ड सुरु हुने प्रिन्सिपल श्रेष्ठले बताए । फाइनलमा १५ प्रतिस्पर्धी छनौट हुनेछन् । ‘यसरी अर्डिक स्कुलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने हाम्रो मुख्य उद्देश्य हो । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यार्थीमा लुकेको प्रतिभा हामी खोजी गरि बाहिर ल्याउनेछौं,’ प्रिन्सिपल श्रेष्ठले भने ।
फाइनल प्रथम, द्धितीय र तृतीय हुने तीन वटै समूहले क्रमशः ५० हजार, ३० हजार र २० हजार बरावरको पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगितामा स्कुलले तीन लाख बरावरको पुरस्कार वितरण गर्ने जनाएको छ ।
छनोट चरणको निर्णायकहरुमा नृत्य निर्देशक दिपेन्द्र थापा र काशि राजवंशी रहेका छन् । कार्यक्रममा स्कुलका अध्यक्ष अतिम ढकाल र प्रिन्सिपल सी।एम। श्रेष्ठलगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

कोलोम्बो, १८ मङ्सिर-घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

किराँत समुदायले आज उँभौली पर्व मनाउँदै

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा...

‘नागरिकतामार्फत् महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ’

काठमाडौं, १० असार-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता प्रदान गर्ने विषयमा महिला र पुरुषबीच विभेद नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक संजाल ट्विटरमार्फत उनले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन

काठमाडाैं, ३ जेठ-धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाले जन्माएको शिशु र उनीसँगै आएका परिवारको परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ ।मृतक महिलाको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पीसीआर र आरडीटी पोजिटिभ आएको थियो । त्यसपछि उनीसँगै आएका परिवार...

मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...

मिल्स गोल्डकप : सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्