
कोरोना संक्रमित र प्रहरीबीच झडप
दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...
विराटनगर । नेपाल औषधि ब्यवसायि संघ (एनसीडिए) मोरङले निःशुल्क आँखा जाँच शिवीर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।
संघले विराटनगर ८ स्थित विराटेश्वर बृद्धाश्रम परिसरमा बिहीबार शिवीरको आयोजना गरेको हो ।
नेपाल औषधि ब्यवसायि संघका संस्थापक सदस्य तत्कालिन मेची,कोशी र सगरमाथाको संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको ३१ औं स्मृति दिवसको अवसरमा शिवीर आयोजना गरिएको संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । शिवीरमा रामलाल गोल्छा आँखा अस्पतालका नेत्ररोग चिकित्सक डा.राजेश यादव सहितका आँखा बिज्ञहरुले विरामीहरुको जाँच गरेका थिए । शिवीरमा विराटेश्वर बृद्धाश्रमका आश्रित सहित विराटनगर ८ र आसपासको वडाको समेतगरि १ सय १० जनाले आँखा जाँच गरिएको अध्यक्ष ढकालले बताए ।
शिवीरमा आएका आँखाका विरामी मध्ये २४ जनालाई मोतियाबिन्दुको समस्या देखिएको छ भने ५ जनाको आँखामा मासु पलाएको समस्या देखिएको छ । अन्यलाई एलर्जी र चश्मा लगाउनुपर्ने देखिएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई गोल्छा आँखा अस्पतालमा अप्रेशनकानिम्ति सहजीकरण गरिने अध्यक्ष ढकालले बताए ।
शिवीरमा आएका विरामीहरुलाई संघको तर्फबाट निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल औषधि ब्यवसायि संघका केन्द्रीय सदस्य प्रदीपकुमार दासले संघको मोरङ जिल्ला कार्यसमितिले देशभरिमै समाजसेवाको अब्बल कार्य गरिरहेको बताए ।
कार्यक्रममा विराटेश्वर बृद्धाश्रमका संस्थापक अध्यक्ष जगतप्रसाद अज्र्याल,आयोजक संस्थाका मोरङ महासचिव अरुण ठाकुर र निर्वतमान मोरङ अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिना लगायतको उपस्थिति थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी, कोषाध्यक्ष मनोजकुमार मण्डललगायतको उपस्थिती रहेको थियो ।
दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले श्रमिकको सौलियतमा उपचार गरिदिने भएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर न्यूरो हस्पिटलले श्रमिकहरूको सौलियतमा उपचार गरिदिने भएको हो । न्यूरो हस्पिटल र जिफन्ट कोशी प्रदेशबीच बुधबार...
विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...
नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले...
विराटनगर, बैशाख १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित...
काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...
विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...
काठमाडौं, १० असोज-पछिल्लो २४ घण्टाको अवधिमा आठ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंका दुई पुरुषसहित आठ संक्रमितको निधन भएको हो । कोरोना संक्रमणबाट...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.