थारु कल्याणकारिणीको स्वमात्वि विवाद चर्कियो, दुवै समूहको आ–आफ्नै दाबी

 न्यूज विराट
थारु कल्याणकारिणीको स्वमात्वि विवाद चर्कियो, दुवै समूहको आ–आफ्नै दाबी

विराटनगर । थारु कल्याणकारिणी सभा (थाकस) मोरङमा पद स्वामित्वको बिषयमा देखिएको विवाद थप चर्किएको छ । सभाको मोरङ सभापति प्रदीपकुमार भगत र प्रदीपकुमार विश्वास समुहबिच बितेको बर्ष देखी विवाद थप चर्किदै गएको हो ।

दुवै समुहले आफुलाई बैधानिक सभापति दाबी गर्ने र एकअर्कालाई नस्विकारेकाले विवाद बढ्दै गएको छ । विश्वासले २०८० चैत ७ गते बुढीगंगामा भएको निर्वाचनबाट आफु सभापतिमा निर्वाचित भएको दाबी गर्दै आएका छन भने भगत पक्षले केन्द्रले हालसम्म निर्वाचनको अनुमति नदिएकाले चैत ७ को निर्वाचन अबैधानिक रहेको बताएका छन् ।

विवादकै श्रृंखलामा विश्वास समुहले मंगलबार विराटनगरस्थित थारु कल्याणकारिणी सभा भवनमा कार्यक्रम राखेपछि फेरी विवाद चर्किएको हो । सो भवनमा विश्वास समुहले ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई संस्थापन पक्षले रोक्न लगाएको छ । विश्वास समुहले अवैधानिकरुपमा सभापतिको हैसियतमा कार्यक्रम गर्न लागिएको भनेर प्रचारप्रसार गरेकाले कार्यक्रम रोक्न प्रहरी प्रशासनलाई जानकारी गराईएको संस्थापन पक्षले जनाएको छ । दुई पक्षबिच विवाद चर्किने देखिएपछि थारु भवनमा विहानैदेखी सुरक्षा ब्यवस्था कडा पारिएको थियो । संस्थापन पक्षले भवनमा ताला समेत लगाएकोले विश्वास पक्षले सो ठाउँमा गर्ने भनिएको कार्यक्रम बुढीगंगामा सारेको छ । बुढीगंगाको वडानम्बर ३ बउराहामा रहेको थारु संग्रहालय भवनमा कार्यक्रम गरिएको छ । आफुहरु झडप र विवाद निम्त्याउने पक्षमा नरहेकाले कार्यक्रम सारिएको विश्वास पक्षका सचिव प्रशान्त चौधरीले बताए ।

थाकस मोरङ सभापति प्रदीप कुमार भगतले विश्वास समुहले दाबी गर्दै आएको निर्वाचन अवैधानिक रहेको बताए । केन्द्रले निर्वाचन संयोजकको जिम्मेवारी दिएर पठाईएका जयराम पंजियार अवैधानिक गतिविधिमा संलग्न भएको पाईएपछि फागुन ३० गते उनको नेतृत्वको निर्वाचन मण्डलीलाई केन्द्रले नै बिघटन गरेको उनको भनाई छ । बिघटन गरिएको निर्वाचन समितिले गराएको निर्वाचन बैध हुननसक्ने उनले बताए ।

भगतले थाकसको विधान अनुसार सभापतिको उम्मेदवार बन्न एक कार्यकाल कार्यसमितिमा बसेर काम गर्नुपर्ने नियम रहेपनि विश्वास त्यसअघि कार्यसमितिमा नबसेको दाबी गरे । हालसम्म निर्वाचन नभएकाले केन्द्रले थाकसको २०८० चैत ३० गते बसेको केन्द्रीय कार्य संचालन समितिको बैठकबाट आफु नेतृत्वकै समितिलाई कार्य संचालनको जिम्मेवारी दिएको जानकारी समेत गराए ।

सम्बन्धित समाचार

प्रदेश १ मा फेरी बढे संक्रमित, आज १०३७ जना थपिए

विराटनगर, १० जेठ-प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २,...

होटल क्षेत्रका कर्मचारीलाई चैतको पूरै तलब, वैशाखबाट आधा

ठूला होटलहरूले चैत महिनामा कर्मचारीको पूरा तलब दिएको बताएका छन् । विशेषगरी तारे होटलहरूको संस्थाका रूपमा चिनिने होटल एशोसियसन अफ नेपालले चैतमा कमजोर अवस्थाका बीच कर्मचारीलाई पूरा तलब दिइसकेको जानकारी गराएको छ । अब भने...

१४ औं प्याब्सन स्पोर्ट्स मिट हुने, तीन हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी...

विराटनगरमा संक्रमितको संख्या ४४७ पुग्यो, ६ जनाकोे मृत्यु

विराटनगर, ३० साउन–प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार थपिएका...

पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि

काठमाडौं,  १ मंसिर-पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जना...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...

बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य पाएँ:मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए । लुम्बिनी भ्रमणमा आएका मोदीले...

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्