अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहयोग

 न्यूज विराट
अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहयोग

विराटनगर । अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले कृषकहरुलाई सहयोग गरेको छ । बढ्दो विषादी प्रयोगबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेकाले कृषकलाई अर्ग्यानिक खेतीमा आकर्षित गर्नका लागि क्लबले सहयोग गरेको हो ।

अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै क्लबले विराटनगरको जतुवा नयाँ मन्दिर नजिक र बुद्धनगर गाउँमा अर्ग्यानिक खेतीबारे सचेतनामूलक कार्यक्रमसेमत गर्दै कृषकहरुलाई सहयोग गरेको हो ।

कार्यक्रममा प्राङ्गारिक मलको प्रयोगबाट गरिने खेतीको फाइदा र उत्पादन बढाउन धेरै विषादी प्रयोग गर्दा हुने हानीबारे जानकारी गराइएको थियो ।

सो अवसरमा कृषकहरुलाई ५५ केजी आलुको बिउ, बन्दाकोबी, टमाटर, खुर्सानी बिउ वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

सम्बन्धित समाचार

बास्केटबलको उपाधि विकेभीएम र अरनिलाई

विराटनगर । पाँचौ संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएस र अरनीको स्कुलले जितेको छ । एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार सम्पन्न भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।पुरुषतर्फको फाइनल...

मध्यरातमा विराटनगरको क्यासिनो छिर्न खोज्दा एमाले मोरङका सदस्य किरण लामा कुटिए

विराटनगर । विराटनगरको बसपार्कमा रहेको सम्राट क्यासिनोमा एमाले मोरङका सदस्य किरण लामा आइतबार मध्यराति प्रवेश गर्न खोजेपछि झडप भएको छ । लामाको नेतृत्वमा पुगेको एउटा समूह नै राति क्यासिनोभित्र पस्न खोजेको थियो । क्यासिनामा प्रवेश...

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

काठमाडौं, १३ जेठ-प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ। इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र...

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

आयल निगमले घटेको मूल्यमा तेल किन्ने

नेपाल आयाल निगमले आगामी १६ दिनलाई पेट्रोलको मूल्य यथावत राख्ने निर्णय लिएको छ । पेट्रोलियम पदार्थमा एकाधिकार कायम गरेको निगमले भारतीय आयल कर्पोरेसनबाट किन्ने पेट्रोलमा फेरि मूल्य घटाइए पनि उपभोक्ताको मूल्य भने नघटाउने निर्णय लिएको...

नेकपा सचिवालय बैठकमा एमसीसी र संविधान संशोधनबारे छलफल

काठमाडौं, १० जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको अनौपचारिक बैठकमा संविधान...

आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

झापा, ३२ साउन-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी १ हप्ता लकडाउन हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको...

भाेलि र पर्सिकाे परीक्षा रोकिँदैन : त्रिवि

काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले शनिबारका लागि तोकिएको प्रवेश परीक्षा नरोक्ने जनाएको छ । ९ माघबाट सम्पूर्ण परीक्षा रोक्ने निर्णय गरेको त्रिविले शुक्रबार हुने नियमित परीक्षा र शनिबारको प्रवेश परीक्षा हुनेमा शंका नगर्न भनेको छ । त्रिविका शिक्षाध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्