
काठमाडौं, ६ माघ । त्रिभुवन विश्वविद्यालयले शनिबारका लागि तोकिएको प्रवेश परीक्षा नरोक्ने जनाएको छ । ९ माघबाट सम्पूर्ण परीक्षा रोक्ने निर्णय गरेको त्रिविले शुक्रबार हुने नियमित परीक्षा र शनिबारको प्रवेश परीक्षा हुनेमा शंका नगर्न भनेको छ ।
त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार शनिबार स्नातक तहको व्यवस्थापन र मानविकी संकायको प्रवेश परीक्षा हुँदैछ ।
‘पर्सि हुने प्रवेश परीक्षालाई नै हेरेर ९ माघबाट मात्र स्थगित गरेका हौँ । प्रवेश परीक्षा र भोलिको नियमित परीक्षा दिन विद्यार्थीहरू तयारी अवस्थामा नै रहनुस्,’ भुसालले भने ।