उत्कृष्ट विद्यार्थीलाई कान्तिपुर कलेजको सम्मान

 न्यूज विराट
उत्कृष्ट विद्यार्थीलाई कान्तिपुर कलेजको सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विशेष सम्मान गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।
सोही अवसरमा कलेजले ११ र कक्षा १२ मा पूर्ण छात्रवृत्ति र आंशिक छात्रवृत्तिसहित नगद तथा प्रमाण पत्र पनि प्रदान गरिएको छ । कक्षा ११ को वार्षिक परीक्षामा प्रथम द्धितीय र तृतीय हुने विद्र्याीहरुलाई पनि सम्मान गरिएको छ । यसर विज्ञान सङ्कायतर्फबाट प्रथम हुने राजनारायण महतो, द्धितय विजय यादव र तृतीय करुणा कुमारी साहलाई सम्मान गरिएको छ । त्यसैगरी व्यवस्थापन सङ्कायबाट अर्पण सिवा, सरिता कुमारी साह र प्रिज्मा दाहाललाई सम्मान गरियो । होटेल व्यवस्थापन सङ्कायतर्फबाट कोशिका कोइराला, असिन अधिकारी र क्रिश्चल घिमिरेलाई पूर्ण छात्रवृत्ति सहित मेडिकल, इन्जिनियरिङ्ग, सिम्याट लगायतका पुस्तक र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
प्रथम त्रैमासिक परीक्षामा कक्षा १२ तर्फ विज्ञान सङ्कायबाट प्रथम, द्धितीय र तृतीय हुने विद्यर्थीहरुलाई पनि सम्मान गरिएको छ । जसमा राज नारायण महतो, प्रिन्सन क्षेष्ठ, र विजय यादव, व्यवस्थापन सङ्कायतर्फ निशिका खरेल, प्रिज्मा दाहाल र आयुष्मा थापा, होटेल व्यवस्थापन तर्फ असिन अधिकारी, सुभम झा र एलिसा कार्कीलाई सम्मान गरिएको छ ।
त्यस्तै गरी मेडिकल÷इन्जिनियरिङ् मक टेस्टमा प्रथम हुने राजनारायण महतो, दित्तीय हुने करुणा कुमारी साह र तृत्तीय हुने विजय यादवलाई पनि सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा कलेजका अध्यक्ष खुशीराज क्षेष्ठ, प्राचार्य भुवन नेपाल, कोअर्डिनेटरद्धय हिमालय बराल र रोशन राजवंशी, निर्देशकहरु डा.जनक अधिकारी, कृष्ण भण्डारी, सन्तोष कुमार भगत, प्रदीप कुमार दास, जे.वी मगर, जयनाथ यादव, विष्णु दाहाल, शंकर काफ्ले देवीलाल महतो, श्यामनारायण शाह, धिजनवावु काफ्ले, विवेक आचार्य लगायत शिक्षक शिक्षिकाहरुको सहभागीता थियो ।

सम्बन्धित समाचार

संखुवासभाको खाँदबारी बजार १ हप्ताका लागि बन्द

विराटनगर, चैत १०–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै संखुवासभाको खाँदवारी बजार एक हप्ताकोलागी बन्द गरिएको छ । उद्योग बाणिज्य संघ संखुवासभाको आह्वानमा आजदेखि बजार बन्द गरिएको हो ।  कोरोना भाईरस सम्भावित सक्रमण रोक्न बजार बन्द गरिएको...

प्रदेश १ मा सोमबार ६ संक्रमित थपिए, १५ डिस्चार्ज

विराटनगर, असार २२–प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा...

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ । शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।...

एसईई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको...

संविधानको अतिरिक्त अपव्याख्याद्वारा अवरोध सिर्जना गरियो

सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । सात दशकको निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूप जनताद्वारा निर्वाचित संविधानसभाले २०७२...

सूर्य थापा भन्छन्, ‘स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता छैन’

काठमाडौं, ३१ असार-प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको समाचारप्रति कुनै सत्यता नरहेकाे प्रधानमन्त्री सचिवालले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बदनियतका साथ अत्यन्त भ्रामक,...

नेकपाले डाक्यो सचिवालय बैठक

काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र...

कोसी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए, माग पुरा गर्न मन्त्रालयलाई एक साताको अल्टिमेटम

विराटनगर, १४ वैशाख । सेवा सुविधा नपाएको भन्दै आन्दोलित बनेका विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । आफ्ना जायज मागहरु पुरा गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई एक हस्ताको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्