अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

 न्यूज विराट
अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्रथम हुने र छात्रातर्फ तृतीय हुने विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । १७ आंै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कलेजले उसु र छात्रतर्फको कबड्डीमा स्वर्णपदक जित्न सफल भएको थियो । त्यस्तै छात्रातर्फ रजतपदक जितेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अमित ढकाल, प्राचार्य सीएम श्रेष्ठ, निर्देशक दीपेश बास्तोला, अनिश भट्टराई, गजेन्द्र पण्डित, दुर्जय थापा, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले अविर र खादा लगाएर सम्मान गरेका थिए । मोरङको कटहरीस्थित योङ हर्ट ग्रुपले आयोजना गरेको अण्डर–१९ फुटबल प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
सोही अवसरमा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ११ को विज्ञानतर्फ अशोककुमार मण्डल, हस्तबहादुर बुढाक्षेत्री, परिणाम भण्डारी, कक्षा १२ का मञ्जिल दाहाल, विवश सापकोटा र अनुराधा थापालाई नगदसहित सम्मान गरिएको कार्यक्रम संयोजक मनोज तिवारीले जानकारी दिए । त्यस्तै व्यवस्थापनतर्फको कक्षा ११ मा प्रथम हुने जेयाकुमारी पोद्धार, द्वितीय हुने प्रशान्त धामी र तृतीय हुने साक्षी माझीलाई सम्मान गरियो । व्यवस्थापनतर्फकै कक्षा १२ को त्रैमासिक परीक्षामा प्रथम हुने प्रतिमा सिग्देल, द्वितीय हुने अभिशेक ठाकुर र तृतीय हुने पर्वत राजभोर पनि सम्मानित भएका छन् ।
त्यस्तै ११ र १२ कक्षाका विज्ञान र व्यवस्थापन दुवै संकायका उत्कृष्ट १५–१५ जना विद्यार्थीलाई पनि खादा र अविर लगाएर सम्मान गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद र अरु उत्कृष्ट विद्यार्थीलाई खादा र अविरले सम्मान गरिएको प्राचार्य सीएम श्रेष्ठले बताए । उनले अरु विद्यार्थीलाई पनि यसरी नै पुरस्कार र सम्मान प्राप्त गर्ने गरी उत्कृष्ट हुन आग्रह गरे । अध्यक्ष अमित ढकालले पाठ्यक्रमसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुनेगरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । निर्देशक दीपेश बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड र कटहरीमा आयोजित फुटबल प्रतियोगिताले अर्किडका विद्यार्थी हरेक क्षेत्रमा अब्बल छन् भन्ने कुराको प्रमाणित गरेको दाबी गरे । उनले निकट भविष्यमै आयोजना हुने हिसान कपमा पनि उत्कृष्ट हुनेगरी तयारी थाल्न आग्रह गरेका थिए । विद्यार्थीहरुको चौतर्फी विकासका लागि अर्किडले अध्ययनसँगै खेलकुद, कविता, वक्तृत्वकला, चित्रकला, वादविवादलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै प्राचार्य श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

तस्करीको सामान समात्न इप्रका रानी सक्रिय, ११ दिनमा १४ लाख बढीको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा तस्करी भएर आउने सामान प्रहरीले धमाधम बरामद गर्दै आएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले ११ दिनमा १४ लाख बढीको चोरी तस्करी भएर आएको सामान बरामद गरेको छ ।...

तीन दशकपछि तेस्रो प्रयासमा पूरा भयो बाइडेनको सपना

एजेन्सी, २३ कात्तिक-सन् १९७२ को कुरा हो, ह्वाइट हाउसमा राष्ट्रपति पदमा रिचर्ड निक्सन थिए र अमेरिका चन्द्रमामा मानिसलाई पठाउने अभियान चलाइरहेको थियो । यही समयमा आफ्नो राजनीतिक करियर सुरु गरेका जो बाइडेले ५० वर्ष लामो...

जलमग्न विराटनगरको दक्षिणी क्षेत्र

विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् । विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन्...

कोरोना संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापी असफल

एजेन्सी, बैशाख १९-भारतको मुम्बईमा कोरोना भाइरसका संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापीको प्रयोग असफल भएको छ ।महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी हुने दाबी गरेका थिए । तर बिहीबार कोरोना...

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

विराटनगर । आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन...

सूर्य थापाको टिप्पणी : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं, ८ असार-कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति भएको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो । पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र...

कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित, १ बजे बोलाएको प्रदेश सभा अनिश्चित

विराटनगर । कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । आज विहान आठ बजेको लागि बोलाएको कार्यव्यवस्थापन समितिको बैठक स्थगित भएको हो ।परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगेपनि उपसभामुखले अनुपस्थित रहने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्