विराटनगरको बखरीमा पाठेघर रोग सम्वन्धी शिविर

 न्यूज विराट
विराटनगरको बखरीमा पाठेघर रोग सम्वन्धी शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको आयोजनामा विराटनगर–१२ स्थित बखरीमा पाठेघर रोग सम्वन्धी शिविर सम्पन्न भएको छ । क्लबले बख्री स्वास्थ्य चौकीमा महिलाहरूका लागि पाठेघरको क्यान्सर रोग सम्वन्धी शिविर आयोजना गरेको हो ।

कार्यक्रम करुणा फाउन्डेसन नेपाल र विराटनगर महानगरपालिकासँगको साझेदारीमा शिविर संचालन गरिएको थियो । करुणा फाउन्डेसनका कार्यक्रम अधिकृतहरूको निगरानीमा एक डाक्टर र एक नर्सले परीक्षण गरे । नगरपालिकाका तीन स्वास्थ्यकर्मीहरूको पनि सहभागीता रहेको थियो ।

बिरामीहरूको परीक्षण भिआईए विधिबाट गरियो । जसमा तीन जना विरामी फेला परेका छन् । जसमध्ये २ जनालाई थर्मोकॉगुलेसन मेसिन प्रयोग गरेर शिविरमै उपचार गरियो भने १ जनालाई थप उपचारको लागि कोशी अस्पतालमा रिफर गरिएको छ । शिविरमा ५० जना महिलाहरूले परिक्षण गराएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

सम्बन्धित समाचार

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्यु हुँदा सार्वजनिक बिदा

काठमाडौं, साउन २२ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ  गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय...

नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेशको निर्वाचन : शम्भु साह समूहले सार्वजनिक गर्‍यो १३ बुद्धे प्रतिवद्धता

विराटनगर । असार ९ गते हुने नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । साह नेतृत्वको समूहले १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो...

मिस कोशीको बिजेतासहित रनरअपहरूलाई सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ ।जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ साउन-आज दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...

मोडनएरा स्कुलको मी कन्टेष्ट सम्पन्न, कवितातर्फ चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न...

एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...

विराटनगरमा ३३ सय बढी मतान्तरसहित अघि बढ्दै नागेश, उपमेयरमा कार्कीको फराकिलो अग्रता कायमै

विराटनगर, ४ वैशाख । विराटनगर महानरपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता बनाएका उनले ४४ हजार ५ सय ६८ मत गनिसक्दा पनि फराकिलो मत अन्तरसहित अग्रता...

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका सबै नाका सिल

सिरहा, ३० वैशाख-कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्