विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको अध्यक्षमा मानबहादुर खत्री निर्वाचित भएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा सम्पन्न भएको नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको प्रथम सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । प्रथम सम्मेलनले खत्रीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सजिना तामाङ, सचिव छिना गुरुङ, उपसचिव रोमिला राई, कोषाध्यक्ष मिलन तामाङ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सक्सेस राई, नरेश खत्री, आकाश तामाङ, कृष्णधन तामाङ, कैलाश तामाङ, वीरेन्द्र तामाङ, चन्द्र बस्नेत, नवीन राई र जेम्स राई चयन भए ।
नेकोस राष्ट्रिय आईटीएफ तेक्वान्दा संघ कोशी प्रदेश सचिव ओमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीण कार्कीलगायतको उपस्थिति रहेको थियो ।.
विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा चारदिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विराटनगर १० मा रहेको कलेज परिसरमा असार १९ देखि २२ गतेसम्म विराटनगरस्थित न्यूरो हस्पिटका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य उपचार...
विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको...
एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ । नेपाली समय अनुसार बुधबार बिहान...
विराटनगर, पुस १-प्रदेश नम्बर १ का पर्यटन, उद्योग, वन तथा वातावरण मंत्री जगदिश कुसियतले बैंकको चर्को व्याज दर र अर्को तर्फ जग्गाको अत्यधिक मुल्यका कारण उद्योग खोल्न गाह्रो भईरहेकोले प्रदेश सरकारले औद्योगिक ग्राम बनाउने सोच...
सुर्खेत, ८ असोज-५८ वर्षदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमा स्तम्भ फेला परेको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी...
‘क्रिसमस डे’ मनाएको छ । सेरेब्रल पाल्सी डे केयर सेन्टर आदर्श विद्यालयमा क्लबले क्रिसमस मनाएको हो । सो अवसरमा बालबालिकाहरूलाई कपकेक्स, चकलेट र विभिन्न प्रकारका सामानले भरिएको उपहार प्याकेट वितरण गरियो। क्लबका पदाधिकारी र सदस्यहरुले...
विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो । हिसान मोरङले आइतबार...
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि (शुक्रबार) सम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी...