तस्करीको कपडा राख्न घर भाडामा, प्रहरीले छापा मारेर विराटनगरबाट लाखौको कपडा बरामद

 न्यूज विराट
तस्करीको कपडा राख्न घर भाडामा, प्रहरीले छापा मारेर विराटनगरबाट लाखौको कपडा बरामद

विराटनगर । भारतदेखि तस्करी गरेको कपडा राख्न तस्कर समूहले विराटनगरमा घर भाडामा लिने गरेको पाइएको छ ।
उनीहरुले विराटनगरमा तस्करीको कपडा राख्न गोदाम बनाउने र त्यसपछि पूर्वी सहरमा पठाउनको लागि पायक पर्ने स्थानमा घर भाडामा लिने गरेको पाइएको हो ।
विराटनगर – २ स्थित बद्री ढकालको भुइ तलाको घरको दुई वटा कोठा तस्कर समूहले भाडामा लिएर कपडा राख्ने र त्यसपछि पूर्वी सहरमा पठाउने उद्देश्यले भण्डारन गरेको ठूलो परिमाणमा कपडा प्रहरीले बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले बरामद गरेको कपडाको मुल्यांकन १० लाख भन्दा बढीको रहेको बुझिएको छ । प्रहरीले भने बरामद गरेको कपडाको मुल्याकंन भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘बरामद गरेको कपडा सानो ठूलो गरि १५ पोका रहेको छ । अहिले परिमाण र लागत मुल्यांकन गर्ने काम भइरहेको छ,’ उनले भने,’ परिमाण र लागत मुल्य खुलाएर सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारि गरिएको छ ।’
प्रहरीले बरामद गरेको कपडा विराटनगर १५ घर भएका आन्नद कुमार साहको रहेको डिएसपी जोशीले बताए । ‘एउटा कोठा भाडा बापत ५ हजार रुपैयाँ मासिक रुपैयाँ दिने भनेर कोठा लिएको रहेछन् ,’ उनले भने । साहले क्यारिङमार्फत भारतको जोगवनीबाट भरिया प्रयोग गरी तस्करीको कपडा भाडामा लिएको घरको कोठामा राख्ने गरेको पाइएको छ । तस्करी गरेर ल्याएको कपडा अन्य विभिन्न सप्लायर्सको नाममा साहले बिल बनाउने र त्यसपछि पूर्वको विभिन्न सहरमा रहेको व्यापारीको पसलमा पुर्याउने गरेका छन् । व्यापारीले साहलाई कपडा गन्तब्यसम्म ल्याएपछि निश्चित रकम दिने गर्दछन् । ‘व्यापारीले जोगवनीमा गएर कपडा खरिद गरेपछि सो कपडा पसलसम्म ल्याउने जिम्मा जोगवनीका कपडा व्यापारीले तस्करी धन्दा चलाउने क्यारिङ गर्नेलाई दिनेछन् । क्यारिङ गर्नेले उक्त कपडा भरिया प्रयोग गरि विराटनगरसम्म पुर्याउने र त्यसपछि बिलबिजक बनाएर पसलसम्म पुर्याउने गरेका छन्,’ यस क्षेत्रका जानकार स्रोतले भन्यो , ‘यसरी व्यापारीको पसलसम्म पुर्याउदा क्यारिङ गर्नेले पिस हिसाबले पैसाँ लिने गर्दछन् ।’

सम्बन्धित समाचार

दलित जनअघिकार मञ्चाद्वारा राहत वितरण

विराटनगर, जेठ ३२–इटहरी क्षेत्रमा बसोबास गर्ने सुनचाँदी कालिगढ मजदुरहरुलाई राहत वितरण गरिएको छ । दलित जनअधिकार मञ्च र साथी फाउण्डेसनले अखिल नेपाल सुनचाँदी कालीगढ संघ इटहरीसँगको सहकार्यमा सो क्षेत्रमा बसोबास गर्ने १ सय ९ सुनचाँदी...

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिने भएका छन् ।...

सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदीसहित चार जना पक्राउ

विराटनगर, १४ पुस । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा सीईओ नवीन सुवेदीसहित चार जना बैंकका कर्मचारी पक्राउ परेका छन् । बैंकमा करोडौं रुपैयाँ हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकका सीइओ सुवेदीसहित चार जना पक्राउ परेका...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप सुरू, उद्घाटनमा ग्रामथान विजयी

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । उदघाटन खेलमा ग्रामथान भेट्रान्स क्लब विजयी भएको...

सिमानामा चिनियाँ सैनिकविरुद्ध लड्न भारतीय सैनिकलाई करेन्टवाला त्रिशूल

एजेन्सी । भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको छ । भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का...

पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार बजार पूर्ण रूपमा बन्द

भोजपुर, ९ वैशाख-छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द...

एनसिडिए मोरङका अध्यक्ष ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङका अध्यक्ष देशबन्धु ढकाललेले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको दोस्रो पटकको दण्ड प्रणाम यात्रा हो ।दण्ड प्रणाम यात्राका लागि उनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्