लिटिल कोशीको उपाधि ओसियन र उपासनालाई

 न्यूज विराट
लिटिल कोशीको उपाधि ओसियन र उपासनालाई

विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् ।

विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन् । बिजेताले जनही ३० हजार रुपैंयाँ र विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा ‘मिस्टर’ तर्फ विराटनगरका असिम तिम्सिना ‘फस्ट रनर अप’, विराटनगरका आरोहण पोखरेल ‘सेकेण्ड रनर अप’, इटहरीका अर्मान जिमी ‘थर्ड रनर अप’, धरानका संगीत धमला ‘फोर्थ रनर अप’, विराटनगरका श्रीयांश थापा ‘फिफ्थ रनर अप’, विराटनगरका उनय राई ‘सिक्स्थ रनर अप’ र विराटनगरका आरभ राजवंशी ‘अर्गनाइजर्स च्वाईस विनर’ भए ।
त्यस्तै ‘मिस’ तर्फ विराटनगरकी स्मारिका दंगाल ‘फस्ट रनर अप’, विराटनगरकी रियांशा सापकोटा ‘सेकेण्ड रनर अप’, विराटनगरकी ग्रेसी कार्की ‘थर्ड रनर अप’, विराटनगरकी इशानी ढकाल ‘फोर्थ रनर अप’, विराटनगरकी जिज्ञासा निरौला ‘फिफ्थ रनर अप’, इटहरीकी निश्चिता लुंगेली ‘सिक्स्थ रनर अप’ र विराटनगरकी इशानी ढकाल ‘अर्गनाइजर्स च्वाई विनर’ घोषित भए ।
विजेता तथा उपविजेतालाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेशको खेलकुद मन्त्रालयका सदस्य सचिव कृष्ण बस्नेत९पर्शुराम बस्नेत०, नेकपा एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष रोहित कोइरालाले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा मेन हण्ट इन्टरनेसनलका संस्थापक अनुप सक्सेना, हाउस अफ फेसनका संस्थापक, मोडल तथा प्रशिक्षक ओसिमा बनु, कोशी प्रदेशका पूर्व महान्यायधिवक्ता रुपेश कोइराला र हिसानका राष्ट्रिय उपाध्यक्ष भेषराज पोखरेल रहेका थिए ।
आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको बताए । उनले जय मिडिया मेनेजमेन्टले निकट भविष्यमा गर्न लागेको विभिन्न प्रोजेक्टहरुमा विजेता तथा उपविजेतालाई सहभागी गराउने जानकारी दिए ।

सम्बन्धित समाचार

आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

काठमाडौं, जेठ ३१। भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा असन्तुष्टि जनाउँदै मन्त्री कर्णले भन्नुभयो, आफु एकपटक प्रधानमन्त्री भईसकेपछि...

विराट गोल्डकप फागुन १९ गतेबाट, यस्ता छन् गोल्डकप खेल्ने १० टिम

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रिकलीन फुटबल प्रतियोगिता...

थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज

काठमाडौं, १७ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा...

कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित

काठमाडौं, ३० चैत-विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको...

विराटनगरमा २५ वर्षीया युवतिमाथि सामूहिक बलत्कार, ट्रक चालकसहित तीन जना पक्राउ

विराटनगर । विराटनगरमा २५ वर्षीया एक जना किशोरीलाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र...

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ७ असोज-कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा पपुलर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्