जनचेतनाले लागूऔषध प्रयोगकर्तामा एचआइभि संक्रमण घटदै
बिहिबार, ०६ मंसिर, २०८१,
न्यूज विराट
विराटनगर । लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ । रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो । सन् २००४ मा गरेको सर्वेक्षणमा एक सय जना लागूऔषध प्रयोगकर्ताहरुमा गरेको सर्वेक्षणमा ५० जना प्रयोगकर्ताहरुमा एचआइभी संक्रमण देखिएको रिकभरी नेपाल कोशी प्रदेशका उपाध्यक्ष सञ्जीव चापागाईंले बताए । पछिल्लो समयमा गरेको सर्वेक्षणमा एक सय जना प्रयोगकर्ताहरुमा दुई जनामा मात्रै एचआइभी संक्रमण देखिएको उनले बताए । सचेतना मुलक कार्यक्रम र जनचेतनाको कारणले गर्दा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभी संक्रमणको दर घटदै गएको उनले बताए । ‘यो सकात्मक पाटो हो,’ उनले भने, ‘सचेतनाको माध्यमक्रमण एचआइभी संक्रमण दर घटाएर लैजानुपर्दछ । त्यसको लागि राज्यले साथ सहयोग गर्न जरुरी रहेको छ ।’
रिकभरी नेपालका अनुसार लागूऔषध प्रयोगकर्ताहरुको संख्या भने दिनप्रतिदिन बढदै गएको बताएको छ । सन् २०१३ मा ९१ हजार ५३४ रहेको प्रयोगकर्ताहरु २०२० मा गरिएको सर्वेक्षणले यो खंख्या बढेर एक लाख ३० हजार ४२४ पुगेको छ । तीमध्ये महिलाको संख्या ८ हजार ७३२ छ । हालसम्म नयाँ तथ्याङ्क सार्वजनिक नभए पनि लागूऔषध प्रयोगकर्ताको सङ्ख्या अझै बढिरहेको उपाध्यक्ष चापागाईंले बताए । उनका अनुसार ७५ प्रतिशत लागूऔषध प्रयोगकर्ता २५ देखि २९ उमेर समूहका युवा र युवती छन् । लागूऔषधको समस्यालाई रोकथाम गर्न प्रदेश र स्थानीय सरकारले कुनै ठोस कदम नचालेकोमा चापागाईंले गुनासो गरे । उनले यसको न्यूनीकरणका लागि तीनै तहका सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा रिकभरी नेपालका फोकल पर्सन निस्मा नेपालले लागूऔषध नियन्त्रण र व्यवस्थापनका लागि कानुनी र नीतिगत परिवर्तनको आवश्यकता रहेको बताइन् । लागूऔषध प्रयोगकर्ताका लागि पुनःस्थापना र व्यवस्थापनका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा उनले बताइन् । कार्यक्रममा बोल्दै परिवर्तन शिल समाजकी अध्यक्ष मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्नेमा जोड दिइन् । मोरङमा १२ हजार बढी यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु रहेको जानकारी गराउँदै उनले उनीहरुको हकहितमा पनि राज्यले ध्यान दिनुपर्ने बताइन् ।
भोजपुर—भोजपुर र खोटाङमा हत्या घटनामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी लाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वर ओडारे टोलस्थित चम्पिरा भीरमा ०७४ माघ २७ मा मृत भेटिएका पूर्णबहादुर सुयलको हत्यामा संलग्न भनिएका व्यक्ति...
काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । भारतले...
काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...
एजेन्सी, २२ कात्तिक । भारतको छत्तिसगढको सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा एक जवानले अन्धाधुन्ध गोली चलाउँदा चार जवानको मृत्यु भएको छ । गोली लागेर अन्य तीन जवान घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ८६ सांसदले समर्थन जनाए । राप्रपका ५ सांसदले उक्त प्रस्तावको विपक्षमा...
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुई वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरमा मंगलबार भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल...
काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...
विराटनगर । कोशी प्रदेश सरकारले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । खेलकुद पर्यटन प्रवद्र्धन, विराट– बर्जु हाफ म्याराथन’ मुल नाराको साथ मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो...