विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ मा रहेको आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ । पाँच कोठाको पक्की भवनबाट आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट बुधबारदेखि सेवा सुचारु गरेको हो ।
उक्त भवनको उद्घाटन कटहरी गाउँपालिकाको अध्यक्ष देवराज चौधरीले गरे । कार्यक्रममा बोल्दै चौधरीले सुविधा सम्पन्न भवनबाट कटहरीबासीले स्वास्थ्य उपचार पाउने बताए । गाउँपाकिलाले स्वास्थ्यलाई प्रथामिकतमा राखेर काम गर्दै आएको छ । चाँडै कटहरी ६ मा रहेको सर्पदशं उपचार सेवा पनि सुचारु गर्ने बताए । मंसिर महिना भित्रमा सर्पदशं उपचार सेवा सुचारु गरेर विरामीलाई सेवा दिने उनले बताए । त्यसैगरी फिजियो थेरापी सेवा पनि कटहरीमा सुचारु भएको अध्यक्ष चौधरीले बताए । आधरभूत स्वास्थ्य उपचार केन्द्र दुई कठ्ठा क्षेत्रफलमा बनेको उक्त भवन ७० लाख ५४ हजारमा निमार्ण भएको हो । झापाको कनकाई ३ मा रहेको अस्रफुल कन्स्ट्रक्सन उद्योगले स्वास्थ्य केन्द्रको भवन निमार्ण गरेको छ । अब कटहरी गाउँपालिकामा १, ३ र ६ नम्बर वडामा रहेको स्वास्थ्य उपचार केन्द्रको मात्रै भवन निमार्ण हुन बाँकी रहेको छ । अन्य सबै वडाभित्र रहेको स्वास्थ्य उपचार केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।
काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । शुक्रबार २ जनामा ७८ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका...
विराटनगर । कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र विराटनगरमा क्यासिनोसहितको अत्याधुनिक पाँच तारे होटल संचालनमा ल्याउने तयारी भएको छ । विराटनगरका चर्चित पर्यटन व्यवसायी पुण्य भट्टराईको अगुवाइमा झन्डै १ अर्ब ७५ करोड रुपैयाँको लगानीमा होटल एसियाटिक...
विराटनगर । जातिय पहिचान र संस्कृतिको संरक्षण गर्न संगठित हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । तेली कल्याण समाज नेपाल विराटनगर १२ ले आउँदै गरेको दशै, तिहार, छठ पर्वलाई लक्षित गरेर शनिबार शुभकामना तथा...
विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...
काठमाडौं, १२ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको...
काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा...
विराटनगर, ६ जेठ-प्रदेश १ मंगलबार मध्यान्नसम्म ११ जना कोभिड १९ का संक्रमित थपिएका छन् । झापाका ९ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।...