प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

 न्यूज विराट
प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।
प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले लिएर नयाँ व्यवस्थापनको साथ संचालनमा ल्याएका हुन् ।
मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्ययन हुने सो विद्यालयमा डा. रीति साह, रुपा झा, स्वेता सिंह, होमा बस्नेत, यज्ञप्रसाद नेपाल, श्रीषा लुइटेल, दिपा रेग्मी, प्रशान्त पौडेल, खगेन्द्र पौडेल र आइसा दाहालको टिमले लिएर नयाँ व्यवस्थापनको साथ संचालनमा लयाएका छन् । डा. रीता अध्यक्ष रहेकी छिन् भने अन्य संचालकहरु हुन् ।


विद्यालयका पूर्व अध्यक्ष तथा प्रिन्सिपल दिपकप्रसाद घिमिरेबाट विद्यालयको प्रगतिको कामनासहित नयाँ टिमलाई विद्यालय हस्तान्तरण गरे । शिक्षा र स्वास्थ्य दुवैलाई जोड्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने आधुनिक शिक्षामा जोड दिने अध्यक्ष डा.साहले बताइन् । प्रिन्सिपल काफ्लेले पूर्ण रुपमा मन्टेश्वरी, बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा साथै सिप संस्कारसहितको शिक्षा प्रदान गरेर अगाडी बढने बताए ।

सम्बन्धित समाचार

जनतालाई गठबन्धन सरकारको अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्ल‍ो १० दिनको अवधिमा आयल निगमले इन्धनको मूल्य दुई पटक बढाएको हो । यो अवधिमा मात्रै खाना पकाउने एलपी ग्यासको मूल्य १२५ रुपैयाँ...

एमाले महानगर अधिवेशन : ३०८ मत खस्यो, आजै रातीबाट गणना सुरु गर्ने

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचननमा ३०८ मत खसेको छ । ३१४ मतदाता रहेको महानगरमा ३ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।आजै रातीबाट विराटनगर–१२...

सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...

मेयर शाक्य भन्छन् : काठमाडौंं सुरक्षित छ

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदको अनुगमन गरेका छन् । पछिल्लो समय संक्रमणको उच्च जोखिममा मस्जित रहेको जनाउँदै प्रमुख शाक्यले काठमाडौंभित्रका मस्जिदको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी,...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई...

टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा...

वडा स्तरीय फुटबल प्रतियोगिता सुरु, आयोजक विराटनगर १५ सेमिफाइनलमा

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर महागनरपालिका वडा नं. १५ को आयोजना र मिल्स भेट्रान क्लबको संयोजनमा शनिबारदेखि वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । विराटनगर जुटमिलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्