पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

 न्यूज विराट
पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।

समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट जनआन्दोलन चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । जनआन्दोलन चोकमा आयोजित सभामा पहिचानको पक्षमा दलका नेताहरुले पनि ऐक्यबद्धता जनाए ।

पहिचान पक्षधर नेताहरुले एक पटक पहिचानको लागि एक ढिक्का भएर लडनुपर्ने दिन आएको बताएका छन् । विराटनगरको जनआन्दोलन चौकमा आयोजना गरिएको कोर्णसभामा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्पा भुसालले माओवादी जहिल्लै पनि पहिचानको पक्षमा रहेको बताए । ‘माओवादीसँग दुई तिहाइ भए पहिचानकै आधारमा प्रदेशको नामकरण हुने थियो । तर, माओवादीसँग प्रयाप्त संख्या नभएको कारणले पहिचानको आधारमा नामकरण हुन नसेको हो,’ उनले भने, ‘माओवाद प्रदेशको नामकरण पहचिानकै आधरमा हुनुपर्ने पक्षमा रहेको छ ।’

एकीकृत समाजवादी नेपालका उपमहासचिब राजेन्द्र राईले आफु र आफ्नो पार्टी सुरुवातदेखि पहिचाको पक्षमा रहेको बताए । ‘प्रदेशको नामकरणको विषय उठाउँदै गर्दा पहिचानको पक्षमा उभिएको थिए । म मुख्यमन्त्री भएको बेलामा त्यसबेलामा कोशी प्रदेश नाम पास गर्न खोजिएको थियो । त्यसबेला मैले कडा प्रतिवाद गरे । पहिचान विरोद्धी नाम राख्नुहुन्छ भने म चुरोटको खोलमा लेखेर भएपनि संसद स्थगीत गर्छु भनेको थिए । नेकपामा भएको बेला पनि कोशी नाम पास गर्न खोजिएको थियो । त्यसबेलामा पनि कोशी नाम पास गर्न दिएको थिइन । पार्टीले भोली घाटी नाक्यो भने के गुर्नहुन्छ सम्म भन्ने । जुन दिन पहिचानको विपक्षीमा पार्टीले निर्णाय गर्छ त्यस दिन पार्टीबाट अलक हुने अडान कायम राखेका थिए,’ पुर्व मुख्यमन्त्री समेत रहेका राईले भने ।
जसपा नेपालका सहअध्यक्ष एवं पूर्वमन्त्री रकम चेम्जोङले प्रदेश १ मा पहिचानको आधारमा नामकरण नभएसम्म पहिचानको आन्दोलन जारी रहने बताए । पहिचानको लागि अन्तिमसम्म लडाइ गर्ने उनले बताए । ‘भाष, संस्कृति र इतिहाससँग जोडिएकाले पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने, ‘पहिचानको लागि जस्तो सुधै आन्दोलन गर्न पनि हामी तयार रहेका छौं,’ उनले भने ।
बैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष बिस्वभक दुलाल (आहुती)ले पहिचानको आन्दोलनलाई मिथिला, मगरात, भोजपुर, नेवा, ताम्सालिङ, स्वाधीन मदेश जनअभियान लगाएतका जातीय संस्थाहरूले आफ्नो हक हितको लागि लड्न बाटो खुलेको बताए । उनले पहिचानको आन्दोलनलाई थप कडा बनाएर लैजानुपर्ने बताए ।
जसपा नेपाल केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जयराम यादवले कोशी प्रदेश नाम खारेजी गरी पहिचानको आधारमा पुन ः नामांकन गरिनुपर्नेमा जोड दिए । उनले अन्य बाँकी ६ वटा प्रदेश लाई पनि पहिचानको आधारमा नामाकरण हुनुपर्ने बताए ।
पहिचानवादी नेता कुमार लिङदेनले आफू २० वर्ष देखि आफ्नो पहिचानको लागि लडेको र अहिले पनि पहिचानको लागि बलिदिान दिएर अगाडी बढने बताए । उनले अहिलेको लाचर सरकारले पहिचानको आन्दोलनलाई फुटाउन नसक्ने बताए । ‘यो आन्दोलने कोशी प्रदेश खारेज गरेर छोडनेछ,’ उनले भने, ‘पहिचानको आधरमा नाम नभएसम्म आन्दोलन जारी रहनेछ ।’

सम्बन्धित समाचार

झी : पुचमा सामूहिक बेलविवाह

विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी...

प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं...

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

विराटनगर, जेठ ७–प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

प्रभुु क्यापिटलको ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु

प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो । सो सेवाअन्तर्गत क्यापिटलको लगानी व्यवस्थापन सेवा (Portfolio Management Service), अनलाइन डिम्याट खातासम्बन्धी...

कृषिमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल

झापा, ७ असोज-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या...

प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

विराटनगर, १८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्