कोशी ग्यासको शिलप्याक चार सिलन्डेरमा १६ केजी भन्दा बढी तौल कम,ढुलाएर विक्री गर्ने दुई नाबालक पक्राउ

 न्यूज विराट
कोशी ग्यासको शिलप्याक चार सिलन्डेरमा १६ केजी भन्दा बढी तौल कम,ढुलाएर विक्री गर्ने दुई नाबालक पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको चार वटा शिलिण्डरमा कम ग्यास भएको पाइएको छ । विराटनगर ३ बुद्धचोक घर भएका राजेन्द्र खनालले खरिद गरेको ४ वटा सिलप्याक सिलेन्डरमा १६ केजी ग्यास कम भएको बुधबार भेटिएको हो ।

शिलप्याक सिलेन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको चार वटै सिलेन्डरमा कम ग्यास भेटिएको खनालले बताए । उनले बुधबार दिउँसो खरिद गरेको कोशीको ग्यास सिलेन्डरमा तौल कम भएको ग्यास भेटिएको बताएका छन् । खनालले खरिद गरेको शिलप्याक सिलेन्डरमा १०.७४ केजी, ९.७४५ केजी, ८.८ केजी र १३.५६५ केजी ग्यास मात्रै ग्यास रहेको नाप तौल तथा गुणस्तर कार्यालय विराटनगरको निरीक्षक मनिषा राईले बताइन् । ‘शिलप्याक गरेको सिलन्डेरमा ६ केजीसम्म पनि ग्यास कम भएको पाइएको छ । कमजोर शिलप्याक भएको कारणले गर्दा ग्यास चोरी भएको हुनसक्छ । यस विषयमा हामीले अनुसन्धान सुरु गरेको छौं,’ निरीक्षक राईले भनिन्, ‘थप अनुसन्धानपछि कारवाहीको दायरामा ल्याउनेछौं ।’


बस्नेतलले रिक्सामा डुलाउनेसँग शिलप्याक चार वटा ग्यास सिलेन्डर खरिद गरेका थिए । ‘ सिलेन्डर खाली हुने बित्तिकै एकै पटक ४÷५ वटा ग्यास सिलेन्डर लिने गरेका थियौ । ढुलाउनेसँग चार वटा ग्यास सिलेन्डर लिए । भित्र लैजानु परो भनेको सिलेन्डर हलुका भयो । त्यसपछि मलाई शंका लाग्यो । ग्यास कम भएको हुनसक्ने अनुमान गरेर चेकजाँच गर्दा एउटा सिलेन्डरमा ६ केजीसम्म कम तौल भेटियो,’ उनले भने, ‘हामी उपभोक्ता माथि यो ठगी हो । त्यसपछि मैले डुलाउनेलाई खोज्दै जाँदा कम तौल भएको पाएपछि उनीहरु फरार भए । त्यसपछि नापतौल, प्रहरी प्रशासनबाट टोली आएर अनुसन्धान गर्दैछन् ।’ छानविन गरि कम तौलको ग्यास विक्री गर्नेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने उनको माग छ ।


शिलप्याक चार सिलेन्डरमा १६ केजी ग्यास कम भेटिएपछि ग्यास डुलाउँदै रिक्सामा विक्री गर्ने दुई जना नाबलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई विराटनगर ३ बाट बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । ‘ग्यास कम भएको विक्री गरेपछि विराटनगर १ घर भएका नाबलक दुई जनालाई हामीले नियन्त्रणमा लिएर कुन डिर्लरबाट खरिद गरेर ल्याएको त्यो सोधपुछ गर्दैछौं,’ डिएसपी जोशीले भने, ‘थप अनुसन्धानपछि खुल्नेछ ।’ यो घटनामा नामतौल तथा गुणस्तर कार्यालयले थप कारवाहीको प्रक्रिया अगाडी बढाउने प्रहरीले बताएको छ ।
यसैबीच कोशी ग्यास उद्योगले डुलाउनेले बदमासी गरेको हुनसक्ने भन्दै छानविन गर्न माग गरेको छ । उद्योगका प्रतिनिधी हेमराज बस्नेतलले उद्योगबाट सही तरिकाले शिलिण्डर पठाइएको हुनाले डुलाउनेबाट बदमासी भएको हुनसक्ने भन्दै यस घटनामा प्रहरीले गहन अनुसन्धान गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

वीपीमा थप एक पुरुषको संक्रमणबाट मृत्यु

विराटनगर, २२ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार...

विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो...

भारतमा आन्दाेलित किसानहरूमाथि मन्त्रीका छाेराले कार कुदाए, आठ जनाकाे मृत्यु

एजेन्सी, १८ असोज । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको...

किमको उपचारका लागि चीनले पठायो चिकित्सकसहितको टोली

एजेन्सी, बैशाख १३-चीनले उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्यबारे सल्लाह दिनका लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् । किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको...

एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ । शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित...

प्रमाण भेटाए भने जो कोहीलाई पनि कारबाही गर्न पछि नहट्ने अख्तियार प्रमुख राईको चेतावनी

काठमाडौं, फागुन १५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा...

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

कैलालीको गोदावरी नगरपालिका आजदेखि सिल

धनगढी, ६ असार-कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएपछि आजदेखि नगरक्षेत्र सिल गरिएको छ।एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्