मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

 न्यूज विराट
मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर विराटनगर – २ स्थित आफ्नै निवासबाट पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो । उनलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी नारयण चिमरिया नेतृत्वको टोली खटिएको थियो ।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि मन्त्री अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको चर्को आलोचना भइरहेको थियो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धान थालेको छ । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए ।
शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ कार्तिमा आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो । अधिकारी भने ‘म मन्त्री हुँ’ भन्दै परिचयपत्र देखाएर उम्किएका थिए

सम्बन्धित समाचार

विराटनगरमा ११ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास...

मोरङ ६(१) बाट माओवादीका जीवन आचार्य विजयी

विराटनगर । मोरङको क्षेत्र नं. ६(१) मा माओवादी केन्द्रका जिवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका...

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई...

क्वारेन्टाइनमा म्याद नाघेको चामल

बाजुरा, २५ वैशाख-बाजुराको बुढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको...

बुढीगंगामा मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, १४ फागुन । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले आक्रमक ढंगले संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिएको छ । दलित समुदायका सवाल र मुद्धाहरुलाई राजनीतिकरुपमा उठान गर्दै आएको मुक्ति समाजले...

अहिलेकै अवस्थामा एमसीसी संसदमा आउँदैनः सभामुख सापकोटा

काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...

रंगेली नगरपालिकाले टेन्डर निकालेपछि विद्यालय व्यवस्थापन समितिको आपत्ती

विराटनगर, बैशाख १७–आफुहरुसँग समन्वय नगरि टेन्डर आब्हान गरिएको भन्दै मोरङको रंगेली नगरपालिका–८ दर्वेशा स्थित महालक्ष्मि माध्यमिक विद्यालय व्यवस्थापन समितिले आपत्ती जनाएको छ । प्रदेश सांसद लिलाबल्लव अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत विद्यालयको मर्मतसम्हार...

जापान पढ्न जानेका लागि आध्याको निःशूल्क सेमिनार

विराटनगर । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रलिले उच्च शिक्षा अध्ययनका निम्त्ति जापान जान चाहने विद्यार्थीहरुका निम्त्ति निःशूल्क सेमिनार आयोजना गर्ने भएको छ । जापान गएर विभिन्न बिषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्