विराटनगरको बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सुचारू

 न्यूज विराट
विराटनगरको बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर सुचारू

विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको उत्तरी क्षेत्रलाई ध्यानमा राखेर बैजनाथपुर अस्पतालबाट प्रसूति सेवा शुभारम्भ गरिएको मेयर कोइरालाले बताए ।

शिशु र मातृ मृत्युदर घटाउन मद्दत पुग्ने दाबी गरिएको छ । ‘बैजनाथपुर मात्रै होइन यस आसपासका क्षेत्रका नागरिकका लागि अब प्रसूति गराउनकै लागि कोशी अस्पताल र महँगो शुल्क तिरेर निजी अस्पताल र नर्सिङ होम गइरहनुपर्दैन,’ मेयर कोइरालाले भने, ‘प्रभावकारी बनाउन दक्ष जनशक्तिका साथै उपकरणहरुसमेत थप्दै जानेछौं ।’

मेयर कोइरालाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यको विकासमा महानगरपालिकाले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिए । अस्पतालबाट चौवीसै घण्टा सेवा दिने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर कार्की, विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरे, ९ का अध्यक्ष विश्वनाथ भगत, जिल्ला स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द राजवंशी, स्थानीय समाजसेवी प्रशान्त चौधरी, स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्की, बैजनाथपुर अस्पतालका संयोजक भोला तिम्सिनालगायतले बर्थिङ सेन्टर सुरु भएसँगै शिशु र मातृ मृत्युदरमा कमी आउने विचार व्यक्त गरे । बैजनाथपुर अस्पतालबाट चौवीसै घण्टा प्रसूतिका साथै एम्बुलेन्स सेवा सञ्चालन भइरहेको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिए ।

सम्बन्धित समाचार

रूपन्देही सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान

बुटवल, २२ असार-रूपन्देहीको तिलोत्तमा कान्छीबजारमा गत २६ जेठमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । २६ जेठमा तिलोत्तमा १० कान्छीबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको...

रतुवामाईको मकैबारीमा महिलाको हत्यामा संलग्न पक्राउ, प्रेमीले हत्या गरेको खुलासा

विराटनगर, ४ असार । मोरङको कानेपोखरीकी सरिता सोरेनको हत्या उनकै प्रेमीले गरेको रहस्य बाहिर आएको छ । घटना घटेको करिब डेढ महिना पछि प्रहरीले सरिताको हत्यामा संलग्न ३१ वर्षीय रतुवामाई–६ का सुफल हस्दालाई पक्राउ गरेसँगै...

प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...

विराटनगरमा प्रबुद्ध नागरिक समाजले भन्यो ‘विधिको शासन हुनुपर्छ’

विराटनगर,१४ माघ । लोकतन्त्रमा व्यक्ति ठूलो नभै विधिको शासनको अनुशरण हुनुपर्ने आज विराटनगरमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रियामा वक्ताहरुले बताएइका छन् । प्रबुद्ध नागरिक समाज विराटनगरद्वारा जनआन्दोलन चोकमा आयोजित खुल्ला पत्रकार सम्मेलन एवं अन्तरक्रिया...

जथाभावी फोहोर गर्नेलाई महानगरले कारबाही गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले...

अध्यागमनले दिने सेवा रोकियो

काठमाडौं, २६ साउन-अध्यागमन विभागले दिँदै आएको सेवा स्थगित गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागले सेवा नै रोकेको हो ।  विभागले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआएसम्मका लागि विभागले दिँदै आएकाे हालको...

लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घट्ने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्