प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की
आइतबार, २० असोज, २०८१,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८० ÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले मानव जीवनसंग प्रत्यक्ष जोडिएको स्वास्थ्यका विषयमा प्रदेश सरकार गम्भीर रहेको चर्चा गर्दै ऐन ल्याएर अझ व्यवस्थित गरेर ल्याउने बताए । उनले स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सिमित साधन स्रोतका बाबजुद नागरिहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु भएकोमा प्रशंसा समेत व्यक्त गरे ।
स्वास्थ्य मन्त्री समेत रहेका कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । प्रदेश सरकारले जनशक्ति, बजेटको कमि, साधनस्रोतको अभाव, क्षेत्रअधिकारका कारण सोच अनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो गरे । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवालाई सङ्घ सरकार भन्दा पनि उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरु लाग्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पुर्व सचिब डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिए । कार्यदलले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका कर्मचारहिरुको सरुवा, वढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्ड अनुसार कानूनद्वारा निर्देशिल गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विचार राखे ।
तीन दिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालय अन्तर्गतका अस्पताल, नीजि अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयहरुको सहभागिता रहेको छ ।
काठमाडौं, कात्तिक १०-प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा...
विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको फाइनलमा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब रानीलाई टाइब्रेकरमा...
विराटनगर । जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ । युद्धकालमै टाउँकोमा एटिवानको मोर्टार लागेर शक्त...
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी...
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...
काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ६१ को पीसीआर गर्दा आज ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो । योसहित...
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको...
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...